अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयमा पढाउने

अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले कोलम्बिया विश्वविद्यालयमा पढाउनु हुने भएको छ । क्लिन्टनले कोलम्बिया विश्वविद्यालयको 'स्कुल अफ इन्टरनेशनल एन्ड पब्लिक अफेयर्स' मा विश्व मामिला प्राध्यापकका रूपमा काम सुरु गर्न लाग्नुभएको न्युयोर्क पोस्टले जनाएको छ । उहाँले आउँदो फेब्रुअरी १ देखि आफ्नो नयाँ जिम्मेवारी वहन गर्नुहुने छ ।  क्लिन्टन सन् २००९ देखि २०१३ सम्म बाराक ओबामाको कार्यकालमा विदेशमन्त्री हुनुहुन्थ्यो । क्लिन्टनले विश्वविद्यालयमा जिम्मेवारी पाउँदा आफू सम्मानित महसुस भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले विश्वविद्याल...