पेट्रोलियम मूल्यबृद्धि बिरुद्ध विप्लव निकट विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुतला (तस्बिरहरु)

काठमाडौँ- पेट्रोलियम पदार्थको मूल्यबृद्धि बिरुद्ध नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला जलाएका हुन्। पेट्रोलियम मूल्यबृद्धिको विरोधमा विद्यार्थीहरुले चाबहिलस्थितल पशुपति क्याम्पसअगाडि प्रधानमन्त्री देउवाको पुतला जलाएका हुन्। देशसञ्चारकी फोटो पत्रकार बर्षा शाहका केही तस्बिरहरु:

सम्बन्धित सामग्री

पेट्रोलियम मूल्यबृद्धि विरोधमा आज पनि प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ- नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मंगलबार पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा प्रदर्शन गरेको छ। अखिल क्रान्तिकारीले राजधानीको प्रदर्शनीमार्गमा पेट्रोलियम मूल्यबृद्धिको विरोधमा टायर बालेर प्रदर्शन गरेको हो। देशसञ्चारकी फोटो पत्रकार वर्षा शाहका केही तस्बिरहरु:

मूल्यबृद्धिको विरोधमा विप्लव समूहको मसाल जुलुस (तस्बिरहरु)

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा मसाल जुलुस निकालेको छ। नेकपाका कार्यकर्ताहरुले काठमाडौँको कालिकास्थानदेखि पुतलीसडकसम्म मसाल जुलुससहित सरकारविरुद्ध प्रदर्शन गरेका हुन्। पेट्रोलियम पदार्थको मूल्यबृद्धि तत्काल फिर्ता लिन उनीहरुले सरकारसँग माग गरेका छन्। इन्धनमा मात्रै नभइ बजारमा दैनिक उपभोग्य बस्तुको मूल्यबृद्धि हुँदा उपभोक्ताले थेग्न नसक्ने अवस्था आएको उनीहरुको भनाइ छ। नेकपाले […]

विप्लवद्वारा बन्दसहित आन्दोलनको घोषणा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा बन्दसहित आन्दोलनको घोषणा गरेको छ । सरकारले पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा मूल्यबृद्धि गरेको भन्दै नेकपाले बन्दसहित आन्दोलनको घोषणा गरेको हो । बिहीबार विज्ञप्ति जारी गर्दै विप्लव समूहले कात्तिक, २५ गते दिउँसो ३ बजे देशव्यापी बिरोध प्रदर्शन, कात्तिक, २६ गते प्रचार/प्रसार र साँझ मशाल जुलुस, कात्तिक, २७ गते देशव्यापी प्रदर्शन दिउँसो १ बजेदेखि २ बजेसम्म १ घण्टा, कात्त