१० महिनामा आए ४ लाख ७३ हजार पर्यटक

काठमाडौं : कोरोना महामारीले थला परेको पर्यटन क्षेत्र लयमा फर्किन थालेको छ। सन् २०२२ को अक्टोबरमा ८८ हजार ५७२ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए। सन् २०२२ को जनवरीदेखि  अक्टोबरसम्म नेपाल भ्रमण गर्नेको संख्या ४ लाख ७३ हजार ५६३ जना  पुगेको छ। नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार भित्रिएका सबै पर्यटक हवाई मार्गबाट आएका हुन्।त्यसबाहेक स्थल मार्गबाट भित्रिएका पर्यटकको तथ्यांक छैन। यो अवधिमा भारतीय पाहुनाको ठूलो हिस्सा स्थल मार्गबाट आए पनि उनीहरूको तथ्यांक कतै