टोकियो ओलम्पिकः चीनका माले जिते टेबल टेनिस पुरुष एकलको स्वर्ण

एजेन्सी। चीनका मा लोङले टेबल टेनिसको पुरुष एकलमा आफ्नै देशका फान झाङदोङलाई ११–४, १०–१२, ११–८, ११–९, ३–११, ११–७ को सेटमा हराउँदै स्वर्ण पदक जितेका हुन्। माले रियो ओलम्पिकमा पनि स्वर्ण पदक जितेका थिए। यससँगै चीनले लगातार चार ओलम्पिकमा टेबल टेनिस पुरुष एकलको स्वर्ण जित्न सफल भयो। जर्मनीका दिमित्रिज ओभचारोभले कास्य पदक जिते।

सम्बन्धित सामग्री

टोकियो ओलम्पिकः १३औं दिन २७ स्वर्णको छिनोफानो

एजेन्सी, २१ साउन । टोकियो ओलम्पिकको १३औं दिन २७ स्वर्णको छिनोफानो हुँदैछ । आज एथलेटिक्स, बक्सिङ, केनोइ स्प्रिन्ट, साइक्लिङ, डाइभिङ, पुरुष हक्की, म्याराथुन स्विमिङ, टेबल टेनिस, कुस्तीतर्फका फाइनल खेलहरु तय छन् । ओलम्पिकमा पदक तालिकामा अहिलेसम्म ३२ स्वर्णका साथ चीन पहिलो स्थानमा छ । अमेरिका २७ स्वर्णका साथ दोस्रो र जापान २१ स्वर्णका साथ तेस्रो […]

टोकियो ओलम्पिकः चीनकी मेङले जितिन् टेबल टेनिस महिला एकलमा स्वर्ण

एजेन्सी। चीनकी चेन मेङले महिला टेबल टेनिसको एकल स्पर्धामा स्वर्ण पदक जितेकी छिन्। उनले फाइनलमा आफ्नै देशकी सन यिङसालाई ९–११, ११–६, ११–४, ५–११, ११–४, ११–९ ले हराउँदै स्वर्ण पदक जितेकी हुन्। आयोजक जापानकी मिमा इतोले सिंगापुरकी मेङयु युलाई ६–११, ११–८, ११–७, ११–७, ११–६ ले हराउँदै कांस्य पदक जितिन्।