चाँगुनारायण नगरपालिकाले शून्य दरबन्दी भएका विद्यालयलाई अनुदान शिक्षक दिने

काठमाण्डाै – भक्तपुरको चाँगुनारायण नगरपालिकाले शून्य दरबन्दी भएका विद्यालयलाई अनुदान शिक्षक दिने भएको छ । आफ्नो नगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा रहेका शिक्षक अभाव पूर्ति गर्न अनुदान शिक्षक दिन लागेको नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमबाटै पारित गरी ८० लाख ७७ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । अनुदान शिक्षकको बन्दोबस्तीका लागि नगरपालिकाको असोज १३ गतेको बैठकले शिक्षक शिक्षण सहायता अनुदान कार्यक्रम कार्यान्वयन कार्यविधि स्वीकृत गरेको नगरपालिकाले जनाएको छ । यो कार्यविधि अनु...