प्रदेश र पालिकाको अनुदान रकम यथावत्

काठमाण्डाै – सरकारले प्रदेश र पालिकामा वित्तीय हस्तान्तरण हुने समानीकरण, समपुरक र विशेष अनुदान रकम यथावत् राखेको छ । अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै समानीकरण, समपुरक र विशेष अनुदान यथावत् राखिएको बताउनुभयो । सङ्घबाट सञ्चालित, प्रदेश तथा पालिकाको कार्यक्षेत्रमा पर्ने आयोजन...

सम्बन्धित सामग्री

सुरक्षित आवासका लागि पालिकाको अनुदान

कञ्चनपुर । गरिबीको रेखामुनि रहेका परिवारलाई मर्यादित जीवन जिउनका लागि शुक्लाफाँटा नगरपालिकाले सुरक्षित आवास निर्माण गर्न अनुदान रकम उपलव्ध गराएको छ । पराल, खर,स्याउला र टायलका छाना भएका घरमा जस्तापाता राख्न सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत अनुदान प्रदान गरिएको हो । कार्यक्रमअन्र्तगत छाना फेर्न निवेदन दिएका दुई सय ५४ परिवारलाई अनुदानको रकम बैंक मार्फत उपलब्ध गराइएको […]

सुरक्षित आवासका लागि पालिकाको अनुदान

गरिबीको रेखामुनि रहेका परिवारलाई मर्यादित जीवन जिउनका लागि शुक्लाफाँटा नगरपालिकाले सुरक्षित आवास निर्माण गर्न अनुदान रकम उपलब्ध गराएको छ ।

नलगाड र जुनीचाँदेका भूकम्पपीडितले पाएनन् अनुदान

जाजरकोट जिल्लाका नलगाड नगरपालिका र जुनीचाँदे गाउँपालिकाका भूकम्प पीडितले अनुदान रकम पाउन सकेका छैनन् । रकम अभावका कारण लाभग्राहीलाई अनुदान रकम दिन नसकिएको गाउँपालिकाले बताएको छ । रकम लिइसकेका पालिकाको ढिलासुस्तीका कारण उनीहरूका खातामा पैसा जम्मा भएर बसेकाले समस्या भएको नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले बताउनुभयो । अस्थायी आवासका लागि आवश्यक पर्ने थप रू ५० …

नलगाड र जुनीचाँदेका भूकम्पपीडितले पाएनन् सहयोग

जाजरकोट, ४ पुस । जाजरकोटमा भूकम्पपीडित लाभग्राहीको सङ्ख्या हालसम्म ३३ हजार २५ पुगेको छ । अस्थायी आवास निर्माणका लागि अनुदान दिन स्थानीय पालिकाले पीडित परिवारलाई लाभग्राहीको सूचीमा राख्दै अनुदान वितरण गर्न थालेका छन् । जिल्लाका नलगाड नगरपालिका र जुनीचाँदे गाउँपालिकाले रकम अभावका कारण लाभग्राहीलाई अनुदान रकम दिन नसकिएको जनाएका छन् । रकम लिइसकेका पालिकाको ढिलासुस्तीका […]

चितवनको रत्ननगरमा ‘गोठ–गोठमा भेटेरिनरी, खेत–खेतमा कृषि’ सेवा शुरु

चितवन । पू्र्वी चितवनको रत्ननगर नगरपालिकाले कृषि र पशुपालनको विकासको प्राविधिक सेवा शुरु गरेको छ । पालिकाको गौरवको योजनाअन्तर्गत ‘गोठ–गोठमा भेटेरिनरी सेवा र खेत–खेतमा कृषि सेवा’ शुरु गरिएको हो । वडा नम्बर ८ को कार्यालयमा आज आयोजित एक औपचारिक कार्यक्रमबीच मेयर प्रलाद सापकोटाले प्राविधिक सेवाको उदघाटन गरेका हुन् ।  सो क्रममा मेयर सापकोटाले कृषि र पशुपालनमा उत्पादन बढाउन प्राविधिक सेवा शुरु गरिएको बताए । उनका अनुसार प्राविधिक सेवा सञ्चालनको लागि नगरपालिकाले चालु आर्थिक वर्ष (आव)मा ८० लाख रुपैयाँ विनियोजन गरिएको छ ।  पशुपालनको विकास गरी दूध उत्पादन बढाउन घाँसमा प्रतिकठ्ठा दुई हजार र दूधमा प्रतिलिटर एक रुपैयाँ अनुदान रकम वितरण गरेको भन्दै उनले चालू आवबाट भेटेरिनरी सेवा शुरु गरिएको बताए । उनले कृषि क्षेत्रमा उत्पादन बढाउन किसानहरूलाई ५० प्रतिशत अनुदान प्रदान गरेको समेत जानकारी दिए । उक्त कार्यक्रमअन्तर्गत पालिकाको १६ ओटै वडामा महीनाको एक पटक विज्ञ सहितको प्राविधिक टोली किसानको खेत र गोठमा पुगेर बाली र पशुको उपचार गर्ने छन् । प्राविधिक सेवाको उपलब्धताको लागि नगरवासीले वडा कार्यालय तथा फोन गरेर प्राविधिकलाई खबर गर्न सकिने गरी व्यवस्था मिलाइएको आर्थिक विकास समितिका अध्यक्ष सोहेन्द्रराज खरेलले जानकारी दिए । कृषितर्फ जैविक विषादीमा ७५ प्रतिशत र रासायनिक विषादीमा २५ प्रतिशत अनुदानको व्यवस्था गरिएको छ । पशुपालनतर्फ नगरपालिकाले नियमित रूपमा किसानलाई उपलब्ध सेवा प्रदान गर्नेछ । यसका लागि कृषिमा तीन जना र पशुमा तीन जना प्राविधिक टोली परिचालन गरिएको छ ।  प्राविधिकहरूले पशु उपचारसँगै किसानलाई आवश्यक परामर्श सेवासमेत उपलब्ध गराउने छन् । पशुपालनतर्फ रत्ननगरमा ११५ ओटा गाईफर्म र २५ ओटा व्यावसायिक भैंसी फर्म छन् । यहाँ दैनिक ५५ हजार लिटर दूध उत्पादन हुँदै आएको छ । कृषितर्फ रत्ननगरमा १५ हजार किसानहरूले खेती गर्दै आएका छन् । यहाँ वार्षिक १० हजार मेट्रिकटन धान, ७ हजार मेट्रिकटन मकै, ४ हजार मेट्रिकटन केरा, एक हजार मेट्रिकटन तोरी र ३० हजार मेट्रिकटन तरकारी उत्पादन हुँदै आएको कृषि विकास अधिकृत प्रविन लामाले जानकारी दिए ।

फलेवास नगरपालिकाले अनुदानमा रिक्सा वितरण गर्दै

मंसिर ११, पर्वत । पर्वतको फलेवास नगरपालिकाले स्थानीयलाई अनुदानमा अटो रिक्सा वितरण गर्ने भएको छ । पालिकाको केन्द्र खानीगाउँबाट सबै वडामा पुग्ने गरि रिक्सा सञ्चालन गर्ने उदेश्य अनुरुप रिक्सा चलाउने नगरको योजना छ ।  एक वडाबाट अर्को वडासम्म जान सहज हुने र रिक्सा चलाएर बेरोजगारले आर्थिक उपार्जन गर्ने हेतुले रिक्सा अनुदानमा वितरण गर्न थालिएको नगरप्रमुख पदमपाणी शर्माले बताए । सातओटा अटो रिक्सालाई लगानीको ३० प्रतिशत अनुदानमा उपलब्ध गराउने गरी यो कार्यक्रम शुरु गर्न लागिएको शर्माले जानकारी दिए । नगरपालिकाको फलेवासदेखि मुडिकुवासम्मको सडक कालोपत्र भएको तथा ग्रामीण क्षेत्रका सडक पनि सहज अवस्थामा रहेका कारण अटो रिक्सा सञ्चालन गर्न लागिएको उनको भनाइ छ । ‘ग्रामीण क्षेत्रसहित मुडिकुवा र फलेवासमा हिँडडुल गर्नका लागि ट्याक्सीको उपलब्धता खासै छैन ।  सार्वजनिक सवारी पनि खासै नियमित नभएका कारण पनि नागरिकलाई सास्ती भयो । मान्छेले निजी सवारी किन्नैपर्ने बाध्यता देखियो’, उनले भने, ‘सम्पन्नसँग त अहिले पनि निजी सवारी छन्,‘ निजी किन्न नसक्नेलाई साह्रै कठिन छ । सातओटा अटो रिक्सा हालियो भने विभिन्न भेगलाई समेटेर सञ्चालन गर्न सकिएला ।’ फलेवास नगरपालिकाका विभिन्न वडाबाट सदरमुकाम कुश्मा दैनिकजसो जिप तथा बस छुट्ने गरे पनि एउटा वडाबाट अर्को वडामा जानुपर्ने अवस्थामा जिप रिजर्भ गर्नुपर्ने वा हिँडेर जानुपर्ने अवस्था छ । स्थानीयले सर्वसुलभ दर तथा आफूले चाहेकै समयमा गन्तव्यमा पु¥याइदिने सवारी नभएका कारण पनि नगरपालिकाले अटो रिक्सा सञ्चालन गर्न लागेको हो ।  अटो रिक्साका लागि बढीमा आठ लाखसम्मको लगानीका लागि अनुदान दिइने र त्यसका लागि झन्डै १७ लाख रुपैयाँ लगानी लाग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले बताए । अनुदान पाउन नगरपालिकाभित्रको स्थायी बासिन्दा हुनुपर्ने, विपन्न तथा बेरोजगार नागरिक भएको हुनुपर्ने, कम्तीमा पनि पाँच वर्षसम्म अटो रिक्सा सञ्चालन गर्नुपर्ने तथा विक्री वितरण गर्न नपाइने लगायतका नियम राखिएको छ । ‘यो कार्यक्रमबाट एक त नगरवासीलाई सर्वसुलभ सुविधा हुने भयो । भनेका वेला सवारी उपलब्ध हुने भयो,’ अधिकृत सापकोटा भन्छन्, ‘यसले बेरोजगारलाई रोजगारी दिने भयो । नगरका सडकमा बर्खा याममा अलि समस्या भए पनि हिउँदमा सरर सवारी चल्ने अवस्था छ ।’ अटो रिक्साको अनुदान लिएको व्यक्तिले कम्तीमा पाँच वर्षसम्म सञ्चालन नगरेमा वा त्यो अवधिभन्दा अगाडि नै बेचेमा नगरपालिकाबाट दिइएको अनुदानमा १० प्रतिशत हर्जाना जोडेर अनुदान रकम फिर्ता दिनुपर्ने सर्त राखिएको छ । पर्वत सदरमुकाम कुश्मा बजारमा एउटा मात्रै अटो रिक्सा सञ्चालनमा रहेको छ । सोही कारण त्यसको व्यवस्थापन, सञ्चालन, भाडादर कायम लगायतका विषय मिलाउन कार्यविधि निर्माणको काम भइरहेको अधिकृत सापकोटाले बताए । इच्छुक तथा मापदण्ड पुगेका नागरिकले खरीद गर्ने ती रिक्सा ४१० सीसी, ७ जनाको सिट क्षमता भएको तथा पेट्रोलबाट चल्ने इन्जिन भएको हुनुपर्ने भनिएको छ ।