नेपाल वायुसेवाद्वारा कर्णालीमा उडान थप

सुर्खेत : नेपाल वायुसेवा निगमले कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली जिल्लाका लागि उडान संख्या थपेको छ।नेपाल वायुसेवा क्षेत्रीय केन्द्र नेपालगञ्जका क्षेत्रीय प्रबन्धक किरणमान श्रेष्ठका अनुसार कर्णालीका चार र सुदूरपश्चिमको एक जिल्लामा उडान थपिएको हो। यात्रुको चाप बढ्नु तथा सडक यातायात सहज नभएका कारण उडान थप्नु परेको श्रेष्ठले बताए।हुम्लाको सिमकोटका लागि सातामा दुई उडान हुने गरेकोमा हाल तीन उडान शुरु गरिएको छ। अब आइतवार, सोमवार र मंगलवार उडान हुनेछ। भाडा ९ हजार १७० रुपैयाँ निर्धारण गरिएको छ।

सम्बन्धित सामग्री

रेसुङ्गा विमानस्थलमा अब नियमित उडान हुने

गुल्मीको रेसुङ्गा विमानस्थलमा अब नियमित उडान हुने भएको छ। उडान परिक्षण सफल भएपछी साताको एउटा उडान भर्ने गरी सम्झौता भएको हो।...

रियादमा नियमित उडान, उडान तालिका सार्वजनिक

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरले) वैशाखदेखि साउदी अरेबियाको रियादमा नियमित उडान सुरु गर्ने भएको छ ।     निगमले आज एक विज्ञप्तिमार्फत काठमाडौँ–रियाद–काठमाडौँ उडान तालिकासमेत सार्वजनिक गरेको हो । रियाद गन्तव्यका लागि अप्रिल २०२२ र मे महिनाका लागि उडान तालिका सार्वजनिक गरेको निगमले निकट भविष्यमा थप नयाँ हवाई गन्तव्यसँग जोडिने प्रतिवद्धतासमेत जाहेर गरेको छ ।     “निगमले साउदी अरेबियाको राजधानी तथा ‘ग्लोबल सिटी&

मौसमले आन्तरिक उडान प्रभावित

काठमाडौं : मौसम बिग्रिएका कारण आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भए। बदलिएको मौसमले भिजिबिलिटी न्यून हुँदा विमानस्थलमा ‘आइएफआर’ उडान मात्र सञ्चालन भएकाले आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।विमानस्थलको उडान प्रभावित भएको सूचना आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीहरूले उडान डिले भएको यात्रुलाई गराए। बढीमा ४ घण्टासम्म आन्तरिक उडान प्रभावित भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए।उनका अनुसार आज बिहानैदेखि उडान प्रभावित

खुल्दै आन्तरिक उडान

काठमाण्डाै - भिजिबिलिटी कम हुँदा रोकिएका आन्तरिक उडान खुल्न थालेका छन् । विराटनगर, भरतपुर, नेपालगञ्ज, भैरहवा  जनकपुर लगायत ठाउँमा उडान सुरु भएको छ । तुवाँलो लागेका कारण बिहान उडान बन्द भएका थिए । यी क्षेत्रमा  तोकिएको समयमा भन्दा ढिलो गरी उडान भएको हो । तर, पोखरा, लुक्ला र सुर्खेतमा भने अझै उडान सुरु हुन सकेको छैन । हुस्सु र तुवाँलोका कारण यी क्षेत्रका हवाई उडान प्रभावित भएका हुन् ।

दुई महिनापछि खुल्यो आन्तरिक उडान, आजदेखि नियमित उडान भर्ने

काठमाडौँ । आजदेखि आन्तरिक उडान नियमित सञ्चालन हुने भएको छ । कोरोना भाइरस(कोभिड–१९) महामारीका कारण लगाइएको निषेधाज्ञाले बन्द भएको आन्तरिक उडान आजदेखि खुलेको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आजदेखि नियमित आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको हो । उडान नियमित सञ्चालन गरे पनि आजदेखि ५० प्रतिशत मात्रै सञ्चालन हुने छ […]

बन्द भयो आन्तरिक उडान

काठमाडौँ । आजबाट आन्तरिक हवाई उडान बन्द भएको छ । यसले अग्रिम टिकट बुकिङ र यात्राको योजना बनाएका यात्रुको तालिका प्रभावित बनाएको छ । सरकारले २० वैशाख मध्यरातिबाट लागू हुने आन्तरिक हवाई उडान र २३ वैशाख रातिबाट लागू हुने गरी अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो । अन्तराष्ट्रियतर्फ भारतमा साताको दुई उडान भने निरन्तर जारी रहने […]

बिहीबारदेखि सबै अन्तर्राष्ट्रिय उडान बन्द, भारतसँग सातामा दुई उडान

काठमाडौँ । नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा बाहृय उडान बन्द भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना रोकथामका लागि भन्दै सरकारले वैशाख २० गते राति १२ बजेबाट लागू हुने गरी सबै आन्तरिक उडान बन्द गरेको हो । यो उडान प्रतिवन्ध वैशाख मसान्तसम्म […]

आन्तरिक उडान बन्द, भारतमा सातामा सीमित उडान हुने

कोरोना कहरका बीच भारतमा सातामा सीमित उडान हुने भएको छ । मन्त्रिपरिषद् बैठकले वैशाख २३ देखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेपनि भारतमा भने सीमित उडान हुने भएको हो ।  एक मन्त्रीका अनुसार भारतमा कम्तीमा दुई उडान सातामा हुनेछ भने अरु देशमा हुनेछैन । यस्तै आज रातिदेखि आन्तरिक उडान पनि बन्द हुने भएका छन् ।

मध्यरातदेखि आन्तरिक उडान सबै ठप्प, भारतमा सातामा दुई उडान हुने

सरकारले नेपाल–भारत हुने केहीबाहेक सबै अन्तराष्ट्रिय र आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक उडान सोमबार मध्यरातबाट बन्द गर्ने निर्णय गरेको हो भने भारतका सीमित उडानबाहेक अरु अन्तराष्ट्रिय उडान वैशाख २३  गते रातिबाट बन्द गर्ने निर्णय गरेको हो ।तर, आपत्कालीन उद्धार तथा हेलिकप्टर चार्टरलाई भने अनुमति दिन सकिने सरकारको भनाइ छ । सूचना तथा सञ्चार प्रविधि मन्त्री पार्वत गुरुङले कोरोनाका कारण हवाई उडान स्थगित गर्नुपरेको जानकारी दि