दैलेखमा कर्मचारीसँग झडपमा प्रहरीले गोली चलायो

नेपालगञ्ज- दैलेखको गुराँस गाउँपालिकामा करारमा रोजगारी गर्दै आइरहेका कर्मचारी र प्रहरीबीच झडपका क्रममा प्रहरीले गोली चलाएको छ। दैलेख प्रहरी कार्यालयका अनुसार गुराँस गाउँपालिकाको स्वागत गेट आन्दोलनकारीले भत्काएका छन् भने कार्यालयमा ढुङ्गामुढा गरेका छन्। ठूलो संख्यामा आन्दोलनकारी जम्मा भएपछि प्रहरीले दुई राउन्ड गोली चलाएको सुरक्षा स्रोतले जानकारी दिएको छ। घटनामा पाँच प्रहरी र दुई शसस्त्र प्रहरी […]

सम्बन्धित सामग्री

दैलेखमा करार कर्मचारी आन्दोलन प्रकरणमा आरोप प्रत्यारोप सुरु

शुक्रबार साँझ दैलेखको गुुराँस गाउँपालिकाको गुराँसेमा गोली चल्यो । पालिकाले करार कर्मचारीलाई हटाएको विषयलाई लिएर प्रदर्शन भएपछि त्यहाँ प्रहरी र प्रदर्शनकारीबीच झडप नै भयो । घटनाले उग्र रुप लिन थालेपछि प्रहरीले बाध्य भएर गोली चलाएको थियो ।साउन १ गतेदेखि करार कर्मचारीको म्याद नथप्ने गाउँपालिकाको निर्णयपछि करार कर्मचारी आन्दोलित बनेका थिए । आन्दोलनमा सहभागीहरु उग्र बनेपछि गोली चलाएको दैलेखका प्रहरी नायब उपरीक्षक भूवनेश्वर प्रसाद साहले बताए ।गोली लागेर भवानी प्रसाद भट्टराई र बखत बहादुर खत्री घाइते भए

करारका कर्मचारी हटाइएपछि प्रदर्शन, दैलेखमा गोली चल्यो

काठमाडौँ । दैलेखको गुराँस गाउँपालिकामा गोली चलेको छ । पालिकाले करार कर्मचारीलाई हटाएको विषयलाई लिएर गरिएको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको हो । प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएको दैलेख प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखमा डिएसपी भुवनेश्वर शाहले प्रदर्शन नियन्त्रण बाहिर गएपछि गोली चलाउन बाध्य भएको बताए । घाइतेहरूलाई उपचारका […]

करार कर्मचारीलाई हटाइएपछि गोली चल्यो

दैलेख । दैलेखमा करार कर्मचारीहरुलाई हटाएपछि गोली चलेको छ । गुराँस गाउँपालिकामा गोली चलेको हाे । पालिकाले यसअघि भर्ना गरेका करार कर्मचारीलाई हटाएपछि गरिएको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले गोली चलाउँदा ३ जना घाइते भएको दैलेख प्रहरीले बताएको छ ।

करारका कर्मचारी हटाइएपछि प्रदर्शन, दैलेखमा गोली चल्यो

दैलेखको गुराँस गाउँपालिकामा गोली चलेको छ । पालिकाले करार कर्मचारीलाई हटाएको विरोधमा गरिएको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको हो । प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएको दैलेख प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखमा डीएसपी भुवनेश्वर शाहले प्रदर्शन नियन्त्रण बाहिर गएपछि गोली चलाउन बाध्य भएको बताए । घाइतेहरूलाई उपचारका लागि सुर्खेत ल्याउने तयारी भइरहेको छ ।