नवनियुक्त परराष्ट्रमन्त्री साउद र चिनियाँ राजदूत छन सङबीच भेटवार्ता

काठमाडौँ- नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदसँग चिनियाँ राजदूत छन् सोङले भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार छनले मंगलबार परराष्ट्रमन्त्री साउदसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । उक्त अवसरमा राजदूत छनले परराष्ट्रमन्त्री साउदलाई नेपालको परराष्ट्रमन्त्री नियुक्त भएकोमा चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री छिन काङको तर्फबाट बधाई सन्देश पनि हस्तान्तरण गरेका थिए । परराष्ट्रमन्त्री साउदलाई सोमबार युरोपेली संघको […]