मेटिएका पदचाप पछ्याउँदै शिखर चुमेकी फुरदिकी, देखाउँदैछिन् हिमाल र शिक्षाको बाटो

पोखरा : सोलुखुम्बुको दिङबोचे गाउँमा चौरी चराउँदै बाल्यकाल बिताएकी फुरदिकी शेर्पा घरकी जेठी छोरी हुन्। कहिले सगरमाथाको नजिक त कहिले तिब्बत पुग्ने उनका बाबा-आमा घरमा नहुँदा घरधन्दाको जिम्मेवारी सानैदेखि उनैले लिने गर्थिन्। स-साना घरधन्दामै अल्झिदै बित्यो उनको बाल्यकाल। एकदिन मिङ्मा शेर्पा आइपुगे। फुरदिकीलाई देखेर मनपराएका मिङ्माले उनको हात परिवारसँग मागे।…