टीका जमरामा रमाए बालबालिका, तस्वीरहरू

काठमाडौं :  दुर्गापक्षको मुख्य दिन आज विजयादशमीको दिन मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको टिका लगाउन घर-घरमा सुरु गरिएको छ। टीका प्रसाद ग्रहण गर्ने साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:५१ बजेको साइत उत्तम रहेको जनाएपछि सबैले घर-घरमा लगाउन थालेका हुन्।दशैंको टीका जमरा लगाएका बाबुनानीहरू खुबै रमाएका छन्। झरीले दशैंको दिनलाई केहि प्रभाव पारेको छ।त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीक बनेका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशम

सम्बन्धित सामग्री

पोखरामा पर्यटकका निधारमा सप्तरङ्गी टीका

पोखरा – तिहारमा सप्तरङ्गी टीका लगाएर पोखरामा नेपालीमात्रै रमाएनन्, विदेशी पर्यटक पनि रमाए । पश्चिमाञ्चल होटल सङ्घ पोखराले आयोजना गरेको १५ औँ भाइटीका महोत्सवमा विभिन्न देशका पर्यटक सप्तरङ्गी टीका लगाउन पाउँदा दङ्ग परे ।  सङ्घको आयोजनामा भएको महोत्सवमा ३५ जना विदेशी पर्यटक सहभागी भएका थिए । पोखराको लेकसाइडमा भएको कार्यक्रममा पर्यटकलाई रेन्वो चिल्ड्रन होमका बालबालिकाले टीका, माला,  ढाका टोपी र सल लगाइदिएका थिए ।  बालबालिकाले पर्यटकलाई नेपाली परम्पराअनुसार टीका लगाएर उपहार दिएका थिए भने पर्य...

दसैँको टीकापछि पिङ (१२ तस्बिर)

काठमाडौं । बडादसैँको टीका थापेर केही व्यक्ति लिंगेपिङमा रमाउन बुधबार चोभार पुगे । बालबालिकादेखि युवायुवती र वृद्धवृद्धासम्म पिङमा रमाए । विजयादशमीका दिन ‘एकपटक भए पनि भुइँ छोड्नुपर्ने’ परम्परागत कथनानुसार उनीहरू पिङमा रमाउन त्यहाँ पुगेका हुन् । केही वर्षअघिसम्म दसैँका बेला देशका धेरै स्थानमा लिंगेपिङ हालिन्थ्यो । तर, पछिल्लो समय सहरबजार, गाउँबस्तीमा पिङ...

अनुशासित बन्न थाल्यो होली

केही वर्षअघिसम्म फागु पूर्णिमाका दिन घर बाहिर निस्कनेलाई बाल्टीका बाल्टी पानी खन्याइन्थ्यो। अबिरलगायत रङ दलिन्थ्यो। सामान्यतया यो वर्ष अरुको इच्छा विपरीत फागु पूर्णिमाको संस्कृतिका नाममा विकृतिका काम गरेको देखिएन। मानिस आफू आफूमै रमाए। घरपरिवार एवं छरछिमेकीसँग फागु खेले। टीका लगाइदिए। खुसी साटासाट गरे। आपसी सौहार्दता बढाए। फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा (होली) पर्व राजधानीलगायत पहाडी र हिमाली जिल्लामा आज अपेक्षाकृत शान्त रुपमा मनाइएको छ।

छिप्छिपे हिलो छ्यापाछ्याप, माटोको टीका र धानको जमरा बनाएर यसरी रमाए युवा

काठमाडौं : असार १५ अर्थात् राष्ट्रिय धान दिवश। दही चिउरा खाएर, रोपाइ गरेर मनाइन्छ यस दिन। आजभोलि त हिलो खेल्नु र खेतमा मनोरञ्जनात्मक गतिविधिहरू गर्नु चलन नै बनिसक्यो। आज खेतमा रोपाहार, हली-बाउसे रोपाइँ गर्दै एक आपसमा हिलो छ्यापाछ्याप गरेर रमाउने गर्छन्। ‘मानो खाएर मुरी उब्जाउने’ महिनाको यस मध्ये दिनमा नलिनचोक…

भाइटीका महोत्सवमा रमाए विदेशी

पश्चिमाञ्चल होटल संघले आयोजना गरेको १३औँ भाइटीका महोत्सवमा ३० पर्यटकले सहभागिता जनाएका छन् । लेकसाइडस्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा आयोजित महोत्सवमा रेन्वो चिल्ड्रेन होमका छात्राले पर्यटकलाई टीका लगाइदिएका थिए । नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ संघले वर्षेनी उक्त महोत्सव गर्दै आएकामा यसवर्ष १३औँ संस्करणको महोत्सव गरिएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।