बौद्धिक अपांगता भवन प्रयोगविहीन

तम्घास – नियमित सञ्चालन खर्च अभावमा बौद्धिक अपांगता भवन प्रयोगविहीन बनेको छ। बौद्धिक अपांगता अभिभावक संघले मानसिक तथा बौद्धिक अपांगताको उचित व्यवस्थापनका लागि रेसुंगा नगरपालिका–९ मा ०७४।७५ मा सो भवन बनाएको थियो। तम्घासकै ईश्वरी पौडेल, रघुनाथ मरासिनी लगायतले २०७१ मा उपल्लो तम्घासको करिब साढे चार आना जग्गा सात लाखमा खरिद गरी संस्थाको नाममा पास गराएका […]