डडेल्धुरा । नेपालीहरूको महान् पर्व बडादसैँ आइतबारदेखि सुरु भए पनि दसैँको पर्यायवाची जस्तै बनेको पिङ भने गाउँघरबाट हराउँदै जान थालेको छ । आइतबार घटस्थापनासँगै यस वर्षको दसैँ घर-घरमा प्रवेश गरेको छ । मठमन्दिरसहित घरमा घटस्थापना गरे पनि बजार र गाउँघरको चहलपहल भने निकै फरक छ । रोजगारीको सिलसिलामा विदेश गएका होस् या काम विशेषले सहर […]
म्याग्दी । नेपालीहरूको मुख्य चाड बडादशैँलाई लक्षित गरेर यसवर्ष मुस्ताङबाट १५ हजारभन्दा बढी भेडा–च्याङ्ग्र्रा देशका विभिन्न बजारमा निकासी भएका छन् । दशैँमा मासुको खपत बढेसँगै मुस्ताङसहित डोल्पा, मुगु, जुम्ला तथा चीनको तिब्बततर्फको कोरला नाकाबाट भेडा–च्याङ्ग्र्रा बजारमा ल्याइएको हो । कृषि तथा पशु विकास कार्यालय मुस्ताङले दिएको जानकारीअनुसार कार्यालयबाट स्वास्थ्य परीक्षण तथा आवश्यक प्रक्रिया पूरा गरी […]
पश्चिमी र मनसुनी वायुको आंशिक प्रभावका कारण आज सोमबार कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले तराईमा भने मौसम मुख्यतया सफा रहने जनाएको छ। महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभाग र लुम्बिनीको हिमाली क्षेत्रका थोरै स्थानमा मध्यमसम्मको वर्षा वा […]
भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ आज सोमबार हुने भएको छ। संसदीय सुनुवाइ समितिको १७औँ बैठक सिंहदरबारस्थित संसद् सचिवालयको सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ९ः१५ बजे बस्नेछ। बैठकको सुरुमा प्रस्तावित राजदूतहरूविरुद्ध प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूची छ। समितिले उजुरीकर्तालाई बैठकमा आमन्त्रण गरी उनीहरूसँग छलफल गर्ने जनाएको छ। त्यसपछि भारतका लागि प्रस्तावित […]
सरकारको पूर्ण स्वामित्वमा रहेको जनकपुर चुरोट कारखाना लिमिटेडले बक्यौता तथा दायित्व फरफारकका लागि सरोकारवालालाई २१ दिनभित्र प्रमाणसहित दाबी पेस गर्न आग्रह गरेको छ। सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) सम्पन्न भएपछि कारखानाले सोमबार सार्वजनिक सूचना जारी गरेको हो। मन्त्रिपरिषद्ले २०८२ वैशाख १५ गते कारखानामा रहेको सरकारी लगानी व्यवस्थापन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार अर्थ मन्त्रालयबाट […]