विश्वका एक सयभन्दा बढी देशमा फैलिएको कोरोना भाइरस (कोभि–१९)को असर सोमबार होली पर्वमा पनि देखिएको छ । नेपालमा कोरोनाको संक्रमण पुष्टि भएको त छैन, तर यसको त्रास भने छ । सरकारले पनि सावधानी अपनाउन आग्रह गरेको थियो । सरकारले समूहगत रुपमा होली खेल्न, पानी तथा लोला नखेल्न र जथाभावी रंग नदल्न आह्वान गरेको थियो ।