कञ्चनपुरको दोदा नदी पुलको डिजाइन परिवर्तन गरेर नयाँ बनाइने

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमाथि निर्माणाधीन पुलको डिजाइन परिवर्तन गरेर बनाइने भएको छ । ४८ प्रतिशत काम सकिएपछि डिजाइन परिवर्तन गरिएको हो । पुलको फाउण्डेशनमै समस्या देखिएपछि डिजाइन फेरेर नयाँ पुल बनाउन लागिएको हो । पहिले बनाउँदै गरेको पुलमा समस्या देखिएपछि निर्माण कम्पनीलाई डिजाइन परिवर्तनका लागि अनुमति दिइएको सडक डिभिजन कार्यालय महेन्द्रनगरले जनाएको छ । […]