रूसले युक्रेनमा किन हमला गऱ्यो, पुटिन के चाहन्छन् ?

रूसले बिहीबारदेखि युक्रेनमाथि सैनिक हमला थालेको छ । तर, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कयौं महिनासम्म युक्रेनमा रूसले हमला गर्ने योजना नबनाएको बताइरहेका थिए । बिहीबार चाहिँ टेलिभिजन प्रत्यक्ष प्रसारणमा पुटिन आए र युक्रेनविरुद्ध विशेष सैन्य कारबाही घोषणा गरे । ‘मिन्स्क शान्ति सम्झौता’ अन्त्य गर्ने र युक्रेनका दुई विखण्डनकारी क्षेत्रमा सेना पठाउने निर्देशनलगत्तै पुटिनले युक्रेनमा विशेष सैन्य कारबाही घोषणा गरेका हुन् । पुटिनको यो घोषणापश्चात युक्रेनको राजधानी कियभसमेत देशका अन्य