साफ यु-१८ महिला च्याम्पियनसिप : भारतसँग नेपाल ७-० ले पराजित

१ चैत, काठमाडौं । साफ यू-१८ महिला च्याम्पियनसिपको पहिलो खेलमै नेपालले लज्जास्पद हार व्यहोरेको छ । नेपालले मंगलबारको खेलमा भारतसँग ७-० को हार व्यहोरेको हो ।

सम्बन्धित सामग्री

भारतसँग नेपाल २३ रनले पराजित

काठमाडौं,१६ असोज । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा भारतसँग नेपाल २३ रनले पराजित भएको छ । भारतले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले निधारित २० ओभरमा ९ विकेट गुमाएर १७९रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १५ बलमा चार छक्कासहित ३२ र सन्दीप जोराले १२ बलमा ३ छक्कासहित २९ […]

भारतसँग नेपाल ८–० गोल अन्तरले पराजित

साफ यू–२० च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग ८–० गोल अन्तरले पराजित भएको छ । नेपालले साबिक विजेता भारतसँग लज्जास्पद हार व्यहोरेको हो । भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार भएको खेलमा भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले दुई गोल गरे । टाइसन सिंह, हिमान्सु जान्ग्रा, पाथुम गिम्हाना, टन्कधर बाग, मोहमद सुहिब, सुभो पाउलले एक–एक गोल गरे । प्रतियोगिताको दुई खेलमा सहज जित निकालेको नेपाल अन्तिम खेलमा पराजित हुन पुगेको हो । नेपाललाई हराएसँगै भारत तालिकाको दोस्रो स्थानम

भारतसँग नेपाल ७-० ले पराजित

काठमाडौं :  साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको छ।भारतको जमसेदपुरमा मंगलबार भएको उद्घाटन खेलमा नेपाल आयोजक भारतसँग ७-० ले पराजित भएको हो। पहिलो हाफमा ३–० को अग्रता बनाएको भारतले दोस्रो हाफमा ४ गोल थप्यो।  भारतका लागि सुजेश पोट्टेकाटले खेलको १४औं मिनेटमा पहिलो गोल गरेकी थिइन्। १७ औं मिनेटमा लिन्डा कोम सेर्टोले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाइन्। ३४औं मिनेटमा कोमले व्यक्तिगत दोस्रो गोल गरेपछि

यु १८ महिला साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित

काठमाडौँ – यू-१८ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक भारतविरुद्ध ७–० अन्तरले पराजित भएको छ । जम्सेदपुरमा सम्पन्न खेलमा भारतले १४औं मिनेटमा सुजिस पोट्टेकाटले गरेको गोलबाट अग्रता बनाएको थियो । त्यसको तीन मिनेटपछि घरेलु टोलीकी लिन्डा कमले अग्रता दोब्बर पारिन् । त्यस्तै, ३५औं मिनेटमा लिन्डाले नै गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाइन् । […]

साफ यु १९ च्याम्पियनसिप : भारतसँग पराजित हुँदा नेपाल फाइनल पुग्न असफल

काठमाडाैँ – बङ्गलादेशमा जारी साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएको छ। बङ्गलादेशको ढाकामा आइतबार भएको खेलमा भारतसँग नेपाल १–० गोलअन्तरले पराजित भएको हो। पराजयसँगै नेपाल फाइनल पुग्न असफल भएको छ। नेपाल साबिक उपविजेता हो। नेपाल तेस्रो स्थानमा रहँदै यु–१९ महिला साफ च्याम्पियनसिपबाट बाहिरिएको छ। आइतबार भएको खेलमा भारतको जीतका लागि प्रियङ्का देवीले […]

साफ यू-१९ महिला च्याम्पियनसीपको अन्तिम खेलमा भारतसँग नेपाल पराजित

४ पुस, काठमाडौं। बंगलादेशमा भइरहेको साफ यू-१९ महिला च्याम्पियनसीप अन्तर्गत लिगको आफ्नो अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ। ढाकाका आइतबार भएको खेलमा भारतले नेपाललाई १-० ले पराजित गरेको हो। भारतका लागि ६७औं मपनेटमा प्रियंका देवीले निर्णायक गोल गरिन् । जितपछि भारत शीर्ष दुईमा स्थान पक्का गर्दै फाइनल प्रवेश गरेको छ। नेपाल भने यस हारपछि […]

साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित

काठमाडौं । माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ मा नेपालले पहिलो हार बेहोरेको छ । आइतबार भएको आफ्नो तेस्रो खेलमा नेपाल, भारतसँग १-० ले पराजित भएको हो । यसअघि नेपालले लगातार दुई खेल जितेको थियो । भारतले भने लगातार दुई खेल बराबरी खेलेको थियो । मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा भारतका लागि कप्तान सुनिल क्षेत्रीले ८२औं मिनेटमा […]

भारतसँग नेपाल २-१ले पराजित

न्युज अफ नेपाल, काठमाडौं । दोस्रो मैत्रीपूर्ण खेलमा आयोजक नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग २(१ गोल अन्तरले पराजित भएको हो । भारतलाई जित दिलाउन फारुख चौधरी र सुनिल क्षेत्रीले एक/एक गोल गरे । नेपालका लागि तेज तामाङले सान्त्वना गोल गरे । चौधरीले ६२ मिनेटमा गोल गरे भने […]

भारतसँग नेपाल पराजित

काठमाडौँ– भारतसँगको दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ। त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भएको हो। भारतले खेलको ६२ औँ मिनेटमा फारुक चौधरीको गोलबाट अग्रता लिएको थियो। त्यसपछि भारतका कप्तान सुनिल क्षेत्रीले खेलको ८० औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। खेलको ८७ औँ मिनेटमा नेपालका तेज […]