जनसंख्या र मतदातामा आधाभन्दा बढी महिला उम्मेदवारीमा नौ प्रतिशत मात्रै

काठमाडौं, कात्तिक २५ । आगामी मङ्सिरमा हुने आम निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ महिलाको सहभागिता नौ प्रतिशत मात्रै रहेको छ । जनसंख्या र मतदाता संख्या दुवैमा महिलाको संख्या आधाभन्दा बढी भए पनि उम्मेदवारीमा नौ प्रतिशतमा खुम्च्याइएको भन्दै महिला नेतृहरूले असन्तुष्टि व्यक्त गरेका छन् । राजनीतिक दलहरूले प्रत्यक्षमा वरिष्ठ नेताहरूलाई व्यवस्थापन गर्नुपर्ने र महिलाले जित्न नसक्ने भन्दै […]