विरोध प्रदर्शन नरोकिएपछि क्यानडाको ओटावामा आपत्काल घोषणा

विरोध प्रदर्शन नरोकिएपछि क्यानडाको राजधानी ओटावामा आपत्काल घोषणा गरिएको छ । ओटावाका मेयर जिम वाट्सनले कोभिड महामारीकाबीच राजधानी ओटावामा प्रदर्शन भइरहेको भन्दै नियन्त्रणका लागि आपत्काल घोषणा गरिएको बताउनु भएको छ । कोरोना विरुद्ध खोप लगाएको प्रमाणपत्र देखाउनुपर्ने लगायतका नियमप्रति असन्तुष्टि राख्दै ट्रक चालकहरुले केही दिनयता लगातार त्यहाँ प्रदर्शन गरिरहेका छन् । लगातारको प्रदर्शनले नागरिकको शान्ति सुरक्षामा खलल पुगेको भन्दै आपत्काल घोषणा गरिएको हो । आपत्कालको समयमा प्रदर्शन गर्न रोक लगाइएको छ । अमेरिका र...