टी–२० विश्वकपमा छनोट भएकामा प्रधानमन्त्रीद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली क्रिकेट टोली टी–२० विश्वकप प्रतियोगिताका लागि छनोट भएकामा बधाई दिनुभएको छ । उहाँले पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति सरकारकोतर्फबाट उच्च सम्मान व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री दाहाले नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनाका साथै सरकार सधैँ क्रिकेट खेलाडीको साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सम्बन्धित सामग्री

नेपाली टिमलाई बधाई दिँदै ओलीले लेखे- अबको यात्रा विश्वकप, चियर्स !

काठमाडौं,१७ कार्तिक । नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले टी–२० विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् । नेपाल शुक्रबार मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा यूएईलाई ८ विकेटले हराउँदै टी—२० विश्वकपमा छनोट भएको थियो । नेपालले यूएईलाई हराएपछि सामाजिक सञ्जालमार्फत नेपाललाई बधाई दिँदै ओलीले भनेका छन् , निरन्तर कोसिसपछिको जित १ […]