४/१२ पुनरावलोकन गरि उचित निकास दिएर लगानीकर्ताको मनोबल उच्च बनाउछु : बोर्ड अध्यक्ष हमाल

नेपाल धितोपत्र  बोर्डका अध्यक्ष रमेश कुमार हमालले शेयर धितो कर्जाको ४/१२ को नीतिको पुनरावलोकन गरिन् बजारलाई निकास दिने बताएका छन् । बोर्डको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले ४/१२ को नीति बारे ब्यापक गुनासो आएकोले उक्त नीतिको पुनरावलोकन गरि उचित निकास दिएर लगानीकर्ताको मनोबल बढाउने बताएका हुन् ।उनले विश्वका अन्य देशमा भईरहको द्वन्द, अन्तराष्ट्रिय बजारमा देखिएको कच्चा तेलको मूल्य वृद्धि, नेपाल भित्र तरलताको समस्या, बढ्दो ब्याजदर, शेयर धितो कर्जाको नीति लगायतका कारणले नेपे सूचकमा गिरावट आएको बताए । उनले मर्जरमा जाँदा कारोबार रोक्का हुने समस्याको समाधानको ठोस पहल भईरहेकोले यसको छिट्टै सकारात्मक नतिजा आउने बताएका छन् । त्यस्तै उनले ४ महिना भित्र नेप्सेमा एसएमई प्ल्याटफर्मको सुरुवात गर्ने, ४ महिना भित्र विदेशमा रहेका नेपालीलाई आरक्षणको ब्यबस्था गर्ने र ४ महिना भित्र नै एनआरएनलाई पुँजीबजारमा ल्याउने काम भईसक्ने प्रतिवद्दता जनाएका छन् । त्यस्तै उनले बोर्डमा धितोपत्र दर्ता तथा अनुमतिका लागि पेस भएका निवेदनहरूलाई Merit Based File Approval System का आधारमा प्रक्रिया अगाडि बढाउने, बुक बिल्डिङ प्रणाली दिगो एवं पारदर्शी रूपमा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेको Automated Electronic Auction System तयार गरी दिगो र स्थापित वास्तविक क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमा भित्र्याउने , पर्याप्त पूजी नभएका उद्यमी तथा नवप्रवर्तकका लागि प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटलको माध्यमबाट पंजी तथा व्यावसायिक ज्ञान परिचालन गर्न सक्ने गरी अनुमति पत्र प्रदान गरी समुन्नतिको दायरमा बढाउने, वस्तु विनिमय बजार सञ्चालन व्यवस्था मिलाउने घोषणा गरेका छन्  । 

सम्बन्धित सामग्री

धितोपत्र बोर्ड अध्यक्ष छनोट गर्न कार्यविधि तयार

१५ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले कार्यविधि बनाएको छ । अध्यक्ष नियुक्तिका लागि आवश्यक कार्यविधि तयार पारेसँगै अध्यक्षका लागि आवदेन आह्वान गर्ने बाटो खुलेको छ । १५ दिनको समय अवधि राखेर आवेदन आह्वान गर्न सक्नेगरी कार्यविधि बनेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष […]

भुवनलाई बोर्ड अध्यक्ष बन्न उमेर र शैक्षिक योग्यता बाधक

काठमाडौँ– लामो समयसम्म राजसंस्थाको वकालत गर्दै आएका अभिनेता भुवन केसी सांसद बन्ने लोभले राजनीतिमा प्रवेश गरे । २०७० मा एमालेबाट काठमाडौं १ सांसद उठ्न खोजेका थिए । तर एमालेले विद्या न्यौपानेलाई बनायो । २०७४ मा ओलीसँग आफूलाई चलचित्र विकास बोर्ड अध्यक्ष बनाउन आग्रह गरे। ओलीले हेरौँला भन्ने जवाफ दिए । भुवन केसी एमालेमा माधव नेपालनिकट […]

सम्झनालाई बोर्ड अध्यक्ष नबनाउन माग

काठमाडौं । संगीतकार गोपाल योञ्जनको गीतलाई परिवारको अनुमति बिना युट्युव च्यानलमा राखेको योञ्जनकी छोरी सृजना सिंह योञ्जनले त्यसको विरोध गरेकी छिन् । चलचित्र विकास बोर्डको अध्यक्ष बन्ने तयारीमा दौडिएकी चलचित्र निर्देशक सम्झना रौनियारले बुबाको गीतको प्रतिलिपि हनन गरेको भन्दै सम्झनालाई अध्यक्ष नबनाउन सृजनाले अपिल गरेकी छिन् । सृजनाका अनुसार चलचित्र मेघाका निर्माता निर्देशक सम्झना रौनियार […] The post सम्झनालाई बोर्ड अध्यक्ष नबनाउन माग appeared first on राजधानी राष्ट्रिय दैनिक.

धीतोपत्र बोर्ड अध्यक्ष काँग्रेसको भागमा, पाँच जनाको नाम सर्टलिष्ट

काठमाडौं, २४ माघ । धीतोपत्र बोर्डको अध्यक्ष नेपाली काँग्रेसको भागमा जाने भएको छ । सत्ता गठबन्धन दलहरुबीच अर्थ मन्त्रालय क्षेत्रहरुमा राजनीतिक नियुक्तिमा बाँडफाँड हुँदा धीतोपत्र काँग्रेसको भागमा परेको हो । धीतोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले आवेदक १५ जनामध्ये पाँच जनाको नाम सर्टलिस्ट गर्दा सबै काँग्रेस निकटस्थहरु परेका छन् । जसमा डा. गोपाल भट्ट, खगेन्द्र कटुवाल, […]

धितोपत्र बोर्ड अध्यक्ष छनोट समिति निष्क्रिय, चार महिनादेखि नेतृत्वविहीन

पुँजी बजार क्षेत्रको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट समिति निष्क्रिय भएपछि बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया नै अलमलमा परेको छ । अर्थ मन्त्रालय र छनोट समितिबीच तालमेल नमिल्दा बोर्ड अध्यक्ष...

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया खारेज गर्दै नयाँ आवेदन खुलाउने तयारी

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति पक्रिया समितिलाई खारेज गर्दै नयाँ आवेदन खुला गर्ने तयारी अर्थ मन्त्रालयले गरेको छ । मन्त्रालयले योजना आयोगसहित बनाएको समितिमा प्रश्न उठेपछि उक्त छनोट समितिलाई नै खारेज गर्न...

धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने तयारी

९ मंसिर, काठमाडौं । पुँजी बजार क्षेत्रको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गर्ने तयारी गरिएको छ । अर्थमन्त्रालयले नयाँ प्रक्रियाबाट अध्यक्ष नियुक्ति गर्न अहिलेको प्रक्रिया रद्द गर्ने तयारी गरेको हो । बोर्ड अध्यक्ष नियुक्ति गर्न राष्ट्रिय योजना आयोगको सम्बन्धित विषय हेर्ने सदस्यको संयोजकत्वमा समिति गठन गर्नुपर्ने व्यवस्था छ । आयोगको यो […]