अपाङ्गता भएकी मध्यपुर थिमिकी सुप्रिनाले घरमै पाइन् नागरिकता

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका- ४ की सुप्रिना श्रेष्ठले घरमै नागरिकता प्रमाणपत्र पाएकी छन् । अपाङ्गताका कारण हिँडडुल गर्न नसक्ने सुप्रिनालाई भक्तपुरकी प्रमुख जिल्ला अधिकारी दुर्गादेवी शर्माले आइतबार उनको घरमै पुगेर नागरिकता प्रमाणपत्र दिएकी हुन् । नागरिकता दिन प्रजिअ शर्मा नागरिकता फाँटको टोलीसहित सुप्रिनाको घर पुगेकी थिइन् । प्रजिअ शर्मासँगै सहायक प्रजिअ माधवप्रसाद शर्मा […]