काठमाडाैं । राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने भएकाे छ । आजको मन्त्रिपरिषद बैठकले राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते हुने निर्णय गरेकाे हाे । लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिनुभएको थियो । त्यसपछि रिक्त रहेको ठाउँमा उपनिर्वाचन हुन लागेको हो ।