थप १ सय ५ जनामा काेराेना सङ्क्रमण, ३ सय २० जना निकाे

काठामण्डाै – नेपालमा थप एक सय पाँच जनामा (काेभिड–१९) कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार नौ सय २४ जनाको नमुना परीक्षण गर्दा  एक सय पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  यस्तै पछिल्लो २४ घण्टामा तीन सय २० जना सङ्क्रमित निको भएका छन् । अब नेपालमा सात हजार पाँच सय १७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।  यही अवधिमा तीन जना सङ्क्रमितकाे ज्यान गएसँगै अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार...