संखुवासभामा भूकम्पको धक्का

विराटनगर। सङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ३२ मिनेटमा किमाथांका केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का जिल्लासहित आसपासका क्षेत्रमा महसुस भएको थियो।