सानिमा बैंक लिमिटेडले आगामी तिहार र छठपर्वको अवसरमा आफ्ना ग्राहकहरूका लागि आकर्षक क्यासब्याक र छुट योजना सञ्चालन गरेको छ। यो योजनाअन्तर्गत ग्राहकहरूले साझेदार मर्चेन्टहरूबाट मिठाई खरिद गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा १०% वा अधिकतम् रु. २०० सम्मको क्यासब्याक पाउन सक्नेछन्। साथै, सहभागी मर्चेन्टहरूले ग्राहकहरूलाई थप १०% सम्मको छुट समेत प्रदान गर्नेछन्। […]