एमाले नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने

काठमाडौं : नेकपा एमालेको १० औं महाधिवेशनमा युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने भएका छन्। पार्टीमा विगतमा आफूले निर्वाह गरेको भूमिका र देशभरीका कार्यकर्ताको मनोभावनाको सम्मान गर्दै सचिव पदमा आफ्नो दावी रहेको बताएका हुन्। ‘महाधिवेशनमा सचिव पदमा मेरो उम्मेद्वारी रहन्छ,’ बस्नेत भने ‘पार्टी युवा पुस्ताको भूमिका बढाउन, अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रुपमा युवाहरुलाई परिचालन गर्नका लागि मैले सचिव पदमा उम्मेद्वारी दिनु उपयुक्त ठानेको छु।&rsquo