युनाइटेड मोदी हाइड्रोपावरको शेयर मूल्य समायोजन

काठमाडौं । बुधवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले कम्पनीकोे ७  प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजपश्चात् कम्पनीको शेयर मूल्य रू. २५३ कायम भएको छ ।  नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीको शेयर मूल्य समायोजन गरेको हो । बुधवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २७१ मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर भोलि बिहीवार दोस्रो बजारमा कम्पनीकोे शेयर कारोबार खुल्नेछ ।