रोकिएन खेलाडी विदेशिने क्रम‚ सुनिल बल गए अष्ट्रेलिया

ललितपुर : राजधानीमा शहीद स्मारक ए डिभिजन राष्ट्रिय लिग चलिरहँदा घरेलु फुटबलका अर्का स्टार खेलाडी सुनिल बल पनि विदेशिएका छन्।नेपाली राष्ट्रिय टिमका एक महत्वपूर्ण खेलाडी सुनिल अष्ट्रेलिया प्रस्थान गरेका हुन्। फुटबलमा केही वर्ष बिताए पनि उनी सुरक्षित भविष्यको खोजीमा अष्ट्रेलिया गएका छन्।यसै सिजनमा संकटामा अनुबन्धित भएका उनले जारी लिगमा पहिलो खेलमात्र खेल्न भ्याए। सो खेलमा संकटाले त्रिभुवन आर्मीसँग गोलरहित बराबरी खेल्यो।घरेलु फुटबलका प्रभावशाली र अनुभवी मिडफिल्डरका रुपमा परिचित सुनिलल