गौतमवुद्ध विमानस्थलले अधिग्रहण गरेको जग्गाको मुआब्जा हत्याउन भूमाफिया र जनप्रतिनिधिबीच सेटिङ

गौतमवुद्ध विमानस्थललाई आवश्यक जग्गा अधिग्रहणको क्रममा करोडौंको मुआब्जा रकम हात पार्न भूमाफिया र जनप्रतिनिधि मिलेमतो भएको रहस्य खुलेको छ । नक्कली नाता प्रमाणित गरेर करिब चार करोड रूपैयाँ हात पार्न नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष, वडा सदस्य र कर्मचारीले साथ दिएका छन् ।

सम्बन्धित सामग्री

रेल पहिले आउला कि बालुवाटार पहिले जाला

सरकारी जग्गा, खासगरी सरकारले मुआब्जा तिरी अधिग्रहण गरेको जग्गा, भूमाफिया र शक्तिशाली व्यत्तिहरूले आफ्नो नाममा लिएका प्रमाण भेटिएपछि सरकारी जग्गा कहाँ–कस्तो अवस्थामा छन् विवरण दिनु भनेर अर्थ समितिबाट मागेका थियौं, तर सम्बन्धित कार्यालयले आजसम्म विवरण दिएन– कथा डरलाग्दा छन् ।