मानव बेचबिखनको अभियोग पुष्टि भए मनोज पाण्डेलाई १० वर्षसम्म कैद हुनसक्ने

ब्युटी पेजेन्टका नाममा किशोरी बलात्कार (तत्कालीन समयमा) गरेको आरोप लागेका मनोज पाण्डेलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन अन्तर्गत म्याद थप गर्ने तयारी गरिएको छ । प्रहरी स्रोतका अनुसार सोमबार पाण्डेलाई सोही कसुरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद लिई अनुसन्धानको तयारी गरिएको छ । ‘सुसीखानजानेहो’ नामक युजर आइडीबाट टिकटकमा पोष्ट गरिएको भिडियोका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले आरोपी मनोज पाण्डेलाई शनिवार स्वयम्भूबाट पक्राउ गरेको थियो । सामाजिक सञ्जाल, सडक र सदनमा समे