प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बिहान मेलम्चीको पानी वितरणको पाँचौं पटक शुभारम्भ गरे । र, काठमाडौंवासीलाई नियमित रूपमा पानी वितरण हुने आश्वासन दिए । कार्यक्रममा उनले अहिले प्रयोग भइरहेको वैकल्पिक प्रणाली सुधार गरेर बाह्रै महिना पानी आउने व्यवस्था मिलाउनसमेत निर्देशन दिए ।