बिर्तामोडमा सेन्ट्रल फाइनान्सको शाखा

सेन्ट्रल फाइनान्स लिमिटेडले झापाको बिर्तामोड–४, भद्रपुर रोडमा बिर्तामोड शाखा सञ्चालनमा ल्याएको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले उद्घाटन गरेको शाखा वित्तीय संस्थाको १६ औं शाखा हो ।नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत पत्र प्राप्त वित्तीय संस्थाको रुपमा विगत २५ वर्षदेखि गुणस्तरीय बैंकिङ सेवा दिँदै आएको संस्थाको ललितपुरको कानदेवस्थानस्थित आफ्नै नवनिर्मित केन्द्रीय कार्यालय […]

सम्बन्धित सामग्री

सेन्ट्रल फाइनान्सको वित्तीय साक्षरता

सेन्ट्रल फाइनान्स लिमिटेड भैरहवा शाखाले वित्तीय साक्षरता तथा डस्टबिन वितरण कार्यक्रम गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डीस्थित मदरसा अरबीया अशरफिया फैजुल इसलाममा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा संस्थाको भैरहवा शाखा प्रमुख अरुण अधिकारीले मदरसालाई ७ थान डस्टबिन तथा मदरसाका विद्यार्थीलाई १०० थान कपि, १०० थान कलम, २५ थान ज्योमेट्रि […]

सेन्ट्रल फाइनान्सको नयाँ शाखा विराटनगरमा

सेन्ट्रल फाइनान्स लिमिटेडले मोरङ, विराटनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । संस्थाको १९औँ शाखाका रूपमा

सेन्ट्रल फाइनान्सको विरगञ्जमा नयाँ शाखा सञ्चालन

सेन्ट्रल फाइनान्स लिमिटेडले पर्साको विरगञ्ज- ८, लिंकरोडमा आज (बुधबार)बाट सञ्चालनमा ल्याएको छ। संस्थाको १७ औँ शाखाको रुपमा उक्त शाखा सञ्चालनमा आएको हो। नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्थाको रुपमा...

सेन्ट्रल फाइनान्सको बिर्तामोड शाखा सञ्चालनमा

काठमाडौं (अस) । सेन्ट्रल फाइनान्स लिमिटेडले झापाको बिर्तामोडमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बिर्तामोड वडा नं ४ स्थित भद्रपुर रोडमा कम्पनीले आफ्नो शाखा सञ्चालनमा ल्याएको हो । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले उक्त शाखाको उद्घाटन गरे । उक्त शाखा सञ्चालनमा आएसँगै कम्पनीको शाखाको संख्या १६ पुगेको छ । नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त उक्त वित्तीय संस्थाले यसअघि १५ ओटा कार्यालय शाखा कार्यालयबाट सेवा दिँदै आएको छ । संस्थाको केन्द्रीय कार्यालय ललितपुरको कानदेवस्थानमा छ । संस्थाले आगामी दिनमा रूपन्देहीको भैरहवामा थप शाखा विस्तार गर्ने योजना बनाएको छ । भैरहवामा शाखा सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको संस्थाका प्रमुख कार्यकारी अधिकृत रजोजमान श्रेष्ठले बताए ।

सेन्ट्रल फाइनान्सको १५ औं शाखा सुनसरीको इटहरीमा

वैशाख २७, काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले सुनसरीको ईटहरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्चालनमा आएसँगै इटहरी र आसपासका बासिन्दालाई गुणस्तरिय बैंकिङ सेवामा सहज पहुँच पुग्ने जानकारी दिइएको छ । २०५४ साल वैशाखदेखि सञ्चालनमा रहेको कम्पनीको २०७७ चैत्र मसान्तसम्ममा चुक्तापूँजी रू. ८८ करोड १० लाख, निक्षेप रू. ५ अर्ब २६ करोड ६१ लाख र कर्जा लगानी रू. ३ अर्ब ८७ करोड ८३ लाख रहेको छ । शाखा सञ्जाल वृद्धि गर्दै वित्तीय सेवा तथा पहुँच बढाउने उद्देश्य अनुरुप प्रदेश १ कै झापाको बिर्तामोडमा थप शाखा खोल्ने तयारी रहेको कम्पनीले बताएको छ । कम्पनीले ललितपुरको कुपण्डोलमा निर्माण गरेको आफ्नै नयाँ कर्पोरेट भवनबाट छिट्टै नै वित्तीय कारोबार प्रारम्भ गर्न लागेको समेत जानकारी दिएको छ ।