एमालेको दशौँ महाधिवेशनको मिति हेरफेर गर्ने तयारी

काठमाडौं : नेकपा एमालेले दशौँ महाधिवेशनको मिति हेरफेर गर्ने तयारी गरेको छ। आज दिउँसो ३ बजे बस्ने बैठकले दशौँ महाधिवेशनको मिति हेरफेर गर्न लागेको हो। प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बस्ने बैठकले पार्टीको सांगठनिक गतिविधिलाई कसरी अगाडि बढाउने भन्नेबारेमा पनि छलफल हुने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए। उनले भने, 'आजको बैठकले महाधिवेशनको समय हेरफेर गर्छ। समय अभावको कारणले आगामी मंसिर २ देखि ६ मा तोकिएको मिति सार्नुपर्ने बाध्यात्मक परिस्थिती सिर्जना भएको छ। मिति