“म आज विश्वको छानाबाट चिच्याउन यहाँ आएको छु, यो पागलपन रोक।” संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२३ अक्टोबरमा नेपालको सगरमाथा क्षेत्रबाट विश्व समुदायलाई दिएको यो चेतावनी झन्डै तीन वर्षपछि रसुवामा आएको विनाशकारी बाढीसँगै फेरि सान्दर्भिक बनेको छ। भदौ १० गते नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा हिमनदी भत्किएपछि विशाल परिमाणमा हिउँ, चट्टान र गेग्रानसहितको बहाव नदी […]
भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण ६६९ मेगावाट क्षमताका १२ जलविद्युत् आयोजना प्रभावित भएका छन् भने ती आयोजनासँग सम्बन्धित ८९७ जना अझै सम्पर्कविहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को पछिल्लो विवरणले देखाएको छ। इप्पानले आइतबार साँझसम्म आयोजनाबाट प्राप्त विवरणका आधारमा सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीबाट सञ्चालनमा रहेका आठ आयोजनाको २८१ मेगावाट र निर्माणाधीन चार आयोजनाको […]
१४ भदौ, काठमाडौं । नेपाल प्रहरीले बाढीले क्षतिग्रस्त बनेको कृषि विकास बैंक त्रिशूली ढुंगे शाखाबाट करोडौं बराबरको नगद र सुन सुरक्षित स्थानमा सारेको छ ।
आइतबार आठ घण्टाको निरन्तर प्रयासपछि बैंकमा रहेको डेढ करोड नगद र …
भोटेकोशी बाढीबाट भएको व्यापक क्षतिपछिको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ४ देखि ५ अर्ब अमेरिकी डलर (करिब ८ खर्ब नेपाली रुपैयाँ) सम्म आवश्यक पर्न सक्ने सरकारको प्रारम्भिक अनुमान देखिएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँगको कुराकानीमा बाढीबाट भएको क्षतिको पुनर्निर्माणका लागि प्रारम्भिक रूपमा ४ देखि ५ अर्ब अमेरिकी डलर आवश्यक पर्न सक्ने बताएका हुन्। […]
१४ भदौ, काठमाडौं । रसुवा बाढी प्रभावितहरूका लागि संघ र स्थानीय सरकारहरूले सहकार्य गरेर रसुवा र नुवाकोटका २६ स्थानमा अस्थायी आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याएका छन् ।
आइतबार यी केन्द्रहरूमा तीन हजार ४५४ जनाले …