नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी कार्यालय सानेपामा दुई बजेका लागि बाेलाइएकाे बैठक साढे ३ बजेदेखि सुरु भएकाे हाे । बैठकले शनिबार पदाधिकारी बैठकबाट संशोधन गरिएको महाधिवेशन कार्यतालिका थप संशोधनसहित पारित गर्नेछ । पदाधिकारी बैठकबाट पारित नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यतामाथि छानविन सकेर असार २० गतेभित्र पार्टी सभापतिलाई बुझाइसक्न प्रस्ताव गरिएको छ । क्रियाशील सदस्यहरुको नामावली सभापतिबाट हस्ताक्षर भई असार २४ गते पार्टीको निर्वाचन समितिलाई बुझाउने कार्यताल