माथिल्लो अरुणमा विश्व बैंकबाट करिब ८० करोड ऋण लिने सरकारको निर्णय

माथिल्लो अरुण जलविद्युत् परियोजनाको पूर्वतयारीका लागि सरकारले विश्व बैंकबाट करिब ८० करोड रुपैयाँ ऋण लिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट प्राप्त हुने ६० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको औपचारिक आइतबार जानकारी गराइएको हो ।