६३.०१ अंक बढेर २६७९.९५ विन्दुमा नेप्से, विकास बैंक समूहका लगानीकर्ताले सर्वाधिक कमाए

पुस २०, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ६३ दशमलव शून्य १ अंक अर्थात् २ दशमलव ४१ प्रतिशतले वृद्धि भएको छ ।  यो दिन नेप्से परिसूचक २ हजार ६७९ दशमलव ९५ विन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २३४ ओटा  धितोपत्रको ९१ लाख १० हजार ७५८ कित्ता शेयर ५५ हजार ३७८ पटकमा रू. ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८२७ मा खरीदविक्री भएको छ । कारोबारमा आएका २३४ ओटा धितोपत्रमध्ये तीन ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।  यो दिन श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स र सप्तकोशी डेभलपमेण्ट बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको छ । त्यसैगरी मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ९ दशमलव ९९ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको छ । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको शेयरमूल्य प्रतिकित्ता रू. ४८२ दशमलव ९०, सप्तकोशीको रू. ३५८ दशमलव ६० र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको रू.१९४ दशमलव ८० पुगेको हो ।  त्यसैगरी मंगलवार कृषि विकास बैंकको डिबेञ्चरको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव ९६ प्रतिशत घटेर रू. १ हजार ५० कायम भएको छ । यस्तै यो दिन सर्वाधिक शेयर खरीदविक्री भने नेपाल बङ्गलादेश बैंकको भएको हो । उक्त कम्पनीको रू. १४ करोड ७७ लाख ५४ हजार बरावरको शेयर खरीदविक्री भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.४०५ दशमलव ४० कायम भएको हो ।   उक्त कम्पनीलाई नबिल बैंकले प्राप्ति गर्ने भएसँगै सर्वाधिक शेयर खरीदविक्री भएको हो । कारोबारमा आएका १३ ओटा समूहमध्ये उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ५९ प्रतिशत र अन्य समूहको परिसूचक शून्य दशमलव ३४ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ ।   मंगलवार सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक ५ दशमलव २३ प्रतिशतले बढेको छ । सोही कारण उक्त समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । योदिन अघिकांश विकास बैंक समूहका कम्पनीहरुको शेयरमूल्य वृद्धि भएको छ । त्यसैगरी बैंकिङ समूहको परिसूचक ३ दशमलव ६१ प्रतिशत,व्यापार समूहको १ दशमलव ९८ प्रतिशत,होटल एण्ड टुरिजम समूहको २ दशमलव शून्य ७ प्रतिशत,हाइड्रोपावर समूहको ३ दशमलव ११ प्रतिशतले वृद्धि भएको छ ।  त्यस्तै वित्त समूहको ३ दशमलव ७१ प्रतिशत,निर्जीवन बीमा समूहको शून्य दशमलव ३४ प्रतिशत,लघुवित्त समूहको १ दशमलव ७७ प्रतिशत,जीवन बीमा समूहको १ दशमलव १ प्रतिशत,म्युचुअल फण्ड समूहको १ दशमलव ७१ प्रतिशत र लगानी समूहको परिसूचक ३ दशमलव १४ प्रतिशतका दरले वृद्धि भएको छ ।  पछिल्लो दिनहरुमा बजार सकरात्मक बन्दै गएको देखिन्छ । नेपाल राष्ट्र बैंकले आयातमा कडाई  र तरलता सहज हुने कार्यहरु गरिहेको छ । सोही कारण पनि शेयर बजार सकारात्मक लयमा अगाडि बढेको हो ।  नेप्से परिसूचक निरन्तर चौथो कारोबार दिन पनि उकालो लागेको छ। योदिनको कारोबारसहित चार कारोबार दिनमा नेप्से परिसूचक १६० दशमलव ९६ अंक ले बढ्नुलाई कतिपय बजार विश्लेषकहरुले अब बजारले लय समातेको बताएका छन् ।

सम्बन्धित सामग्री

मुक्तिनाथ विकास बैंक सम्मानित

मुक्तिनाथ विकास बैंक नेपाल क्लियरिङ हाउसद्वारा सम्मानित भएको छ।नेपाल क्लियरिङ हाउसद्वारा १५ औं वार्षिकउत्सव समारोहको उपलक्ष्यमा बैंकलाई विकास बैंक समूहमा सर्वाधिक विद्युतीय कारोबार गर्ने विधाबाट सम्मानित गरेको छ।...

लुम्बिनी विकास बैंक र बयोधाबीच सम्झौता

लुम्बिनी विकास बैंक र काठमाडौं बल्खुस्थित बयोधा अस्पतालबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कर्मचारी, डेबिट कार्डवाहक, बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ता र निक्षेपकर्ताले बयोधा अस्पतालमा १० देखि १५ प्रतिशतसम्म छुट...

मुक्तिनाथ विकास बैंक चौथो पटक पुरस्कृत

मुक्तिनाथ विकास बैंक आर्थिक वर्ष २०७८/०७९ का लागि ‘गोल्ड अवार्ड’ बाट सम्मानित भएको छ।

मुक्तिनाथ विकास बैंक पुरस्कृत

मुक्तिनाथ विकास बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले हरेक वर्ष प्रदान गर्ने उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत पुरस्कार अन्तर्गत गोल्ड अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्यानले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान प्रणाली अन्तर्गत विभिन्न विधाहरुमध्ये वित्तीय क्षेत्र तर्फ आर्थिक वर्ष २०७८/०७९ को लागि मुक्तिनाथ विकास बैंक गोल्ड अवार्डबाट सम्मानित भएको छ […]

महालक्ष्मी विकास बैंक र कलेजहरुबिच साझेदारीपत्रमा हस्ताक्षर

महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ। हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेजमा आयोजित...

कृषि विकास बैंक र क्यान्सर अस्पताल बीच सम्झौता

वीपी कोइराला क्यान्सर अस्पताल र कृषि विकास बैंक बीच बैंकिङ कारोबार गर्ने सम्झौता भएको हो।

अब विकास बैंक र वित्त कम्पनीलाई एउटै सुपरिवेक्षण विभागले हेर्ने

विकास बैंक र वित्त कम्पनीलाई अब एउटै सुपरिवेक्षण विभागले हेर्ने भएको छ । बिहीबार केन्द्रीय, राष्ट्र बैंकले विकास बैंक सुपरिवेक्षण विभाग र वित्त कम्पनी सुपरिवेक्षण विभागलाई एकीकृत गर्दै वित्तीय संस्था सुपरिवेक्षण विभाग स्थापना गरेको हो । योसँगै अब राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘ख’ र ‘ग’ वर्गका वित्तीय कम्पनीहरूको आर्थिक तथा सामाजिक गतिविधिको सुपरिवेक्षण एउटै निकाय वित्तीय संस्था सुपरिवेक्षण विभागले हेर्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै सो बारे जानकारी दिएको

घाटामा चलेका छन् तीन विकास बैंक

५ मंसिर, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तीन विकास बैंकहरु घाटामा देखिएका छन् । पहिलो त्रैमासमा सार्वजनिक वित्तीय विवरण अनुसार सप्तकोशी डेभलपमेण्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंक घाटामा गएका हुन् । राष्ट्र बैंकका प्रवक्ता समेत रहेका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल भर्खरै समस्याग्रस्तबाट फुकुवा भएका […]

महालक्ष्मी विकास बैंक र सम्यकबीच सम्झौता

महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायग्नोस्टिक प्रालिसँग सम्झौता गरेको छ । बैंकका ग्राहकले सम्यक डायग्नोस्टिकको प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउँदा १० प्रतिशत छुट पाउने सम्झौता...

ज्योति विकास बैंक र नाट्टाबीच सम्झौता

ज्योति विकास बैंक र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)बीच सहकार्यका लागि सम्झौता भएको छ । नाट्टाको वार्षिक साधारणसभाको अवसर पारेर संस्थामा आबद्ध व्यवसायी र कार्यरत कर्मचारीलाई विभिन्न बैंकिङ...