९ महिनापछि सवारी लाइसेन्स छपाइ शुरु, माघसम्म सबै सकिने

१३ पुस, काठमाडौं । सरकारले २०७७ फागुनदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ फेरि थालेको छ । यातायात व्यवस्था विभागमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवको उपस्थितिमा लाइसेन्स छपाइ फेरि थालिएको हो । लाइसेन्स छाप्ने कार्ड नभएपछि सरकारले अत्यावश्यकबाहेकका सेवाग्राहीको लाइसेन्स छपाइ र वितरण रोकेको थियो । गत मंसिरको पहिलो हप्तामै फ्रान्सेली कम्पनीले १४ […]