कस्तूरीको बिनासहित दुई जना पक्राउ

संरक्षित वन्यजन्तु कस्तूरीको बिनासहित ललितपुरमा दुई जना पक्राउ परेका छन् ।  केन्द्रीय अनुसन्धान ब्यूरोले ललितपुर गोदावरी नगरपालिका–१४, ठैवबाट मकवानपुर गढी गाउँपालिका–४ का ४८ वर्षीय लालबहादुर घलान र झापा गौरीगंज गाउँपालिका–३ का ३५ वर्षीय उदयकुमार कोइरालालाई पक्राउ गरेको हो ।  उनीहरूको साथबाट २५ ग्रामको कस्तूरीको बिना बरामद भएको ब्यूरोले जनाएको छ ।  उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरीमा पेश गरिएको ब्यूरोको भनाइ छ । 

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।