राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षा निकायका प्रमुखसँग चुनाव केन्द्रीत सुरक्षा व्यवस्थाबारे छलफल गरेको छ । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि भइरहेको शान्तिसुरक्षाको तयारीका बारेमा आयोगले शुक्रबार सुरक्षा प्रमुखसँग चासो राखेको हो । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक युवराज अर्यालसहित सुरक्षा निकायका अधिकृतहरूसँग आयोगले छलफल गरेको हो ।सो छलफलम