काँचो स्याउ बजार पठाउन रोक

जुम्लाको कृषि विकास कार्यालयले काँचो स्याउ बजारमा नपठाउन स्थानीय व्यापारीलाई आग्रह गरेको छ । राम्रोसँग नपाकेको स्याउ बजारमा आउन थालेपछि जिल्ला कृषि विकास कार्यालयले त्यस्तो आग्रह गरेको हो । कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश अधिकारीका अनुसार साउनको पहिलो साता जुम्लाका आठवटै स्थानीय तहका कृषि शाखाका प्रमुख, ठूला किसान र व्यापारीबीच स्याउको बजारीकरण र निर्यातका बारे सरोकारवालाबीच छलफल भएको थियो । छलफलले स्याउ नपाकेसम्म (खानयोग्य) नटिप्ने निर्णयसमेत भएको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

जुम्लाको काँचो स्याउ बजारमा

जुम्लाको काँचो स्याउ बजारमा पुगेको पाइएको छ । साउनको पहिलो सातामै जुम्लाको काँचो स्याउ बजारमा पुगेको हो । नाफा कमाउने दाउमा किसान र व्यापारीको मिलेमतोमा नपाक्दै जुम्लाको काँचो स्याउ कर्णाली प्रदेशको राजधानी सुर्खेत, नेपालगन्ज, बुटवललगायतका बजारमा पुगेको छ । जुम्लाको स्याउलाई भदौ दोस्रो साताभन्दा अघि टिप्न तथा बाहिरी जिल्लामा पठाउन नमिल्ने पटकपटक निर्णय भएको थियो […]

लकडाउनको डरले सस्तोमै काँचो स्याउ बिक्री

जुम्लाका किसानले बगैंचाको स्याउ नपाक्दै बजार पठाउन थालेका छन् । कोरोना संक्रमण बढेर फेरि ‘लकडाउन’ भए स्याउ बिक्री नहुने भन्दै किसानले धमाधम काँचो स्याउ बजार पठाइरहेका हुन् ।