मन्थलीः त्रिपक्षीय भिडन्त पक्का, को कति बलियो ?

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रामेछापको मन्थली नगरपालिकामा ३ ठूला राजनीतिक दलले उम्मेदवार तय गरेका छन् । नेकपा एमाले र नेपाली काँग्रेस एक्लाएक्लै चुनावी मैदानमा होमिँदा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच तालमेल भएको छ ।एमालेबाट लब श्रेष्ठ मेयरको उम्मेदवार छन् । उपमेयरको उम्मेदवार इश्वरी बस्नेतले पाएकी छिन् ।नेपाली काँग्रेसबाट मेयरको उम्मेदवार बनेका बिनोद कार्की गत स्थानीय निर्वाचनमा उपविजेता बनेका थिए । त्यतिबेला नेकपा एमालेका उम्मेदवार रमेश कुमार बस्नेतले ६ हजार ५२९ मत ल्याएर विजयी हुँदा कार्की ५ हजार ३७९ मतसहित उपविजेता बनेका थिए ।त्यस्तै माओवादी र समाजवादीको तर्फबाट साझा उम्मेदवार बनेका तारानारायण श्रेष्ठ पनि गत निर्वाचनमा तेस्रो भएका थिए । उनले २०७४ को स्थानीय तह निर्वाचनमा ५ हजार ३ सय ११ मत ल्याएका थिए ।को कति बलियो ?२०७४ सालको स्थानीय निर्वाचनको मत परिणामका आधारमा अहिलेको मत सर्वेक्षण गरिनु गलत हुने एमालेकै नेताहरु पनि बताउँछन् । तर, विगतको तुलनामा मन्थलीमा एमाले अझ शक्तिशाली भएर आएको दाबी उनीहरुको छ ।गत निर्वाचनमा एमालेबाटै उम्मेदवार बनेर मेयरमा जितेका रमेश बस्नेत अहिले नेकपा एकिकृत समाजवादीको जिल्ला अध्यक्ष बन्दा पनि मन्थलीमा उनको प्रभाव अत्यन्त न्यून रहेको र मन्थलीमा समाजवादीले एमालेको मत काट्न नसक्ने जिकिरि उनीहरुको छ ।नेपाली काँग्रेसबाट उम्मेदवार बनेका कार्की काँग्रेसको २ पटक क्षेत्रीय सभापती हुँदै हाल रामेछाप काँग्रेसको जिल्ला कार्यसमिति सचिव छन् । २०७४ सालको स्थानीय निर्वाचनमा पराजित भएपनि उनी पार्टी राजनीतिमा सक्रिय रहँदै आएका छन् ।‘उहाँको सक्रियताकै आधारमा पार्टीले टिकट दिएको हो, दाबेदारहरुमध्ये उहाँले नै जित्न सक्नुहुन्छ भनेर पार्टीले मूल्यांकन गरेको हो’ रामेछाप काँग्रेसका एक नेता भन्छन् , ‘गत निर्वाचनमा काँग्रेस दोस्रो भएको हो, अहिले हाम्रो प्रतिस्पर्धी पार्टीमा टुटफुटको कुराले पनि हामीलाई सहयोग पुग्छ भन्ने ठानेका छौँ ।’नेकपा माओवादी केन्द्र र समाजवादीबाट साझा उम्मेदवार बनेका तारानारायण श्रेष्ठ संविधानसभा सदस्य हुन् । २०६४ को संविधानसभा निर्वाचनमा रामेछाप क्षेत्र नम्बर १ बाट श्रेष्ठ विजयी भएका थिए । तर, उनै ‘हेभिवेट’ उम्मेदवार २०७४ को स्थानीय निर्वाचनमा मन्थलीको मेयरमा पराजित मात्रै नभई तेस्रो भए ।‘यसपटक एमालेबाट विभाजन भएर बनेको नेकपा एकिकृत समाजवादीको समेत समर्थन हामीलाई छ, त्यसकारण हामी चुनाव जित्छौँ, मतान्तर कति हुने भन्ने मात्रै हो’ माओवादीका मन्थलीस्थित स्थानीय एक नेताले भने ।तर, एमालेले उम्मेदवार बनाएका लब श्रेष्ठ ‘चानचुने’ उम्मेदवार भने नभएको काँग्रेस र माओवादीले नै स्वीकार गरेका छन् । सबैभन्दा बढी मत भएको चिसापानी र गेलुबाट एमालेलाई नै एकछत्र मत खस्ने देखिएकाले लब श्रेष्ठलाई हराउन काँग्रेस र माओवादीका उम्मेदवारलाई कठिन छ ।‘लब श्रेष्ठ अहिलेका ३ प्रतिस्पर्धीमध्ये सबैभन्दा हेभिवेट उम्मेदवार हुन्, चुनाव लडेकैले मात्रै जित्ने भन्ने हुँदैन, जनताले काम गर्ने सम्भावना कुन उम्मेदवारमा देखेका छन् भन्ने कुराले अर्थ राख्छ’ मन्थलीका एक बुद्धिजीविले भने, ‘मन्थली नगरपालिका भरीमा ३७ हजार २२० जना मतदाता छन्, योमध्ये ३१ देखि ३२ हजार जति भोट खस्ने अनुमान मैले गरेको छु, कति मत त बदर नै होलान् । काँग्रेस र माओवादीले पाउने मत प्रतिस्पर्धी नै हुन्छ, त्योभन्दा २५ सय देखि ३ हजार बढी मत एमालेले पाउँछ, एमालेले यति बढी किन भन्नुहोला, किनकी एमालेले उम्मेदवार नै त्यस्तै उठाएको छ, व्यक्तिगत मत नै २ हजार बढी छ उहाँको, अरु पार्टीको मत पनि तान्ने उम्मेदवार भएकाले ३ हजार बढी आउँछ भनेको हो मैले ।’

सम्बन्धित सामग्री

नेताज्यू, प्रचार जोड् - तोड्ले चलिरहेको छ !

दुई पक्ष बिच भिडन्त। नेतामाथि आक्रमण। कार्यकर्ता बिचको झडप। यस्ता घटना यसपाला धेरै नआएकाले हुनसक्छ - चुनाव चुनावजस्तो भएन। पहिलेका चुनावमा कुटाकुट र गोदागोद सामान्य थियो। यसपाला शून्य बन्ला भन्ने थियो। तर, भएन। जे हुन्छ - चितवनमा हुन्छ। प्रचार अभियानमा गाडीको सिसामाथि ढुङ्गा बर्साइहाले।  चुनाव न हो, हतकण्डा त कति…

बागलुङमा केसीसँग पाठकको चुनावी भिडन्त, कसलाई कति चुनौती ?

युवा पुस्ताका डा. सूर्यप्रसाद पाठकसँग ८० वर्षीय चित्रबहादुर केसी चुनावी मैदानमा छन् । व्यक्तिको राजनीतिक भूमिकालाई उमेरले फैसला गर्दैन भन्ने मान्यता राख्ने केसीलाई मतदाताले कत्तिको रुचाउने हुन् त्यो त हेर्न बाँकी छ ।

अछामबाट भीम रावलले चुनाव जित्ने सम्भावना कति ?

काठमाडौं – देशभर चुनावी चर्चा सुरु भएको छ। यसपटकको चुनावमा रोचक सत्ता गठबन्धन र प्रतिपक्षी एमालेबीच भिडन्त हुने अपेक्षा स्वभाविक छ। २०७४ सालको चुनावमा माओवादीसँग मिलेको एमालेले धेरै ठाउँमा जित हासिल गरेको थियो। माओवादीसँगको तालमेलले एमालेले धेरै ठूला कांग्रेस नेताहरुलाई चुनाव हराउन सफल भएको थियो। तर, अहिले अवस्था फेरिएको छ। सत्ता गठबन्धनमा अहिलेकै अवस्थामा तालमेल […]

सप्तरी–२ मा उपेन्द्र यादवसँग भिड्न सीके राउतलाई कति सहज ?

जनमत पार्टी नेपालका अध्यक्ष सीके राउतले सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गरेपछि सो क्षेत्रमा ‘हेभी वेट’ भिडन्त हुने आकलन गरिएको छ । किनकि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको चुनाव क्षेत्र पनि सोही हो ।जसपा अध्यक्ष यादव यसपटक पनि सप्तरी–२ बाटै चुनाव लड्ने तयारीमा छन् । जनमत पार्टीका अध्यक्ष सीके राउतले सोही क्षेत्रमा उम्मेदवार बन्ने घोषणा गरेसँगै उनको उपेन्द्र यादवसँग प्रतिस्पर्धा हुने लगभग निश्चित देखिएको हो ।आफ्नै गाउँमा समस्यासप्तरी&n

ललितपुर महानगरः चुनाव जित्न चिरीबाबुलाई कति सहज?

काठमाडौँ – ललितपुर महानगर प्रमुखमा पुरानै प्रतिस्पर्धीबीचको भिडन्त रोचक बनेको छ। महानगर प्रमुखका लागि अघिल्लो स्थानीय तह निर्वाचनमा जस्तै चिरीबाबु महर्जन र हरिकृष्ण व्यञ्जनकारबीच प्रतिस्पर्धा हुन लागेको हो। दुवै पुरानै अनुहार भए पनि कांग्रेसका महर्जन अहिले सत्ता गठबन्धनको सिफारिसमा मेयरमा उठ्दा व्यञ्जनकारलाई फेरि एमालेले मेयरकै टिकट दिएको छ। दुवैले आ–आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका […]

कीभमा जारी छ भिडन्त : रसिया र युक्रेनको सैन्य क्षमता कति?

रसियाले स्थानीय समयअनुसार बिहीवार बिहान ५ बजेबाट युक्रेनमाथि आक्रमण सुरु गर्‍यो। रसियाले उत्तर, पूर्व र दक्षिणबाट मिसाइल तथा हवाई हमलाहरू गरेको थियो। तीन-पक्षीय आक्रमण क्रमशः राजधानी कीभ, खार्किभ र खेरसोन सहरहरू लक्षित थिए। अहिले रसियाली सैनिकहरु राजधानी कीभ पुगिसकेका छन्। २४ घण्टाभन्दा बढी समयदेखि कीभमा भिडन्त भइरहेको छ। बिहीवार साँझसम्म…

‘लाल सिंह चड्डा’ नआउँदा ‘ए मेरो हजुर ४’लाई कति सहज ?

४ फागुन, काठमाडौं । अहिलेसम्मको अवस्था हेर्दा १ वैशाख अर्थात् १४ अप्रिलमा दुई भारतीय र एक नेपाली चलचित्रको भिडन्त हुने देखिएको छ । नेपालमा सर्वाधिक आशा गरिएको चलचित्र ‘ए मेरो हजुर ४’को निर्माणपक्ष वैशाख १ गतेबाट टसमस नहुने अडानमा छ । यही मितिमा साउथको प्रतिक्षित चलचित्र ‘केजीएफ २’ आउने पनि निश्चित जस्तै छ । यशको […]

खाडीबाट फर्किएर जनचेतना फैलाउँदै, देशमै रमाउँदै

इलाम – कुरा २०६० सालको हो । जति बेला माओवादी सशस्त्र द्वन्द्व थियो । यो समयमा मृत्यु, घाइते, पक्राउ अनि बेपत्ता जस्ता खबर मिडियाको मुख्य खुराक बन्थेँ । गाउँघरका हुने खानेलाई चन्दा आतङ्कले बसी खान दिएको थिएन । सामान्य जीवनयापन गर्नेलाई पनि कहाँ सजिलो थियो र बस्न ?  कति बेला कहाँ भिडन्त हुन्छ ? भन्ने पिरलो परिरहन्थ्यो । बिहान विद्यालय गएको बच्चा फर्किन्छ/फर्किन्न टुङ्गो हुन्न थ्यो । प्रत्यक्ष मारमा युवाहरू परे । जसमध्येका एक हुन्, फाकफोकथुम गाउँपालिकाका युद्धबहादुर बोहोरा । उहाँ पटक–पटक माओवादीको निसानामा प...

भारत–चीनबीच भिडन्त भए नतिजा कति खतरनाक ?

भारत–चीनबीच भिडन्त भए नतिजा कति खतरनाक ?भारत र चीनबीच बढ्दो तनावबीच कैयौँ यस्ता प्रश्न छन्, जसले भारतलाई चिन्तित बनाइरहेका छन् । चीनको सामना गर्न