पेरुमा कम्युनिस्ट व्यवस्था ल्याउने असफल प्रयास गरेका गोन्जालो को हुन् ?

 पेरुको विद्रोही सङ्गठन साइनिङ पाथका संस्थापक नेता अबिमेल गुजम्यानको शनिबार ८६ वर्षको उमेरमा निधन भएको छ । उनी गोन्जालो उपनामले संसारभर चर्चित छन् । यी नेता दर्शनशास्त्रका पूर्व प्रोफेसर थिए । उनी सन् १९९२ देखि आजीवन कारावासको सजाय भोगिरहेका थिए । गत जुलाईमा स्वास्थ्यसम्बन्धी समस्या देखिएपछि उनलाई जेलबाट अस्पताल सारिएको थियो । पेरुमा १९८० यता गोन्जालोको नेतृत्वमा चलेको  एक दशकभन्दा लामो समय सशस्त्र द्वन्द्वका क्रममा झन्डै ७० हजार मानिस मारिएका थिए । १९९२ मा गोन्जालो पक्राउ पर