मिर्गौला प्रत्यारोपण सेवालाई सहज बनाउन संसदीय समितिको निर्देशन

६ असोज, काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले मिर्गौला प्रत्यारोपण सेवालाई सहज बनाउन सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ‘मिर्गौला प्रत्यारोपण सेवालाई सहज र छिटो छरितो हुने व्यवस्था गर्न’ निर्देशन दिएको हो । बैठकले ‘डायलाइसिस मेसिन बढाउने प्रक्रियालाई तुरुन्त कार्यान्वयन गर्न, मिर्गौला फेल हुनुको कारण र मिर्गौलासम्बन्धी […]