विरोध सभाअघि प्रचण्ड–माधव समूहका स्वयंसेवकको मार्चपास (फोटोफिचर)

काठमाडौं : संसद विघटन, संवैधानिक निकायमा भएको नियुक्तिप्रति विरोध गर्दै आएको सत्ताधारी नेकपाकै प्रचण्ड–नेपाल पक्षल‍े बुधबार गर्ने विरोध सभाअघि स्वयंसेवकले मार्चपास गरेका छन्।यो समूहले संसद् विघटनको विरोधमा बुधबार काठमाडौंमा प्रदर्शन गर्ने लागेको छ। यसकै पूर्वसन्ध्यामा बुधबारको सभा व्यवस्थापनका लागि खटिने स्वयंसेवकले मार्चपास गरेका हुन्। नेकपा केन्द्रीय संघर्ष समितिले जनाएको छ। प्रचण्ड-नेपाल समूहले बुधबार भृकुटीमण्डपमा सभा गर्न लागेको हो।