परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्ली प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारत प्रस्थान गर्नुभएको छ । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन ज्ञवाली बिहीबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको हो । तीनदिने भारत भ्रमणका क्रममा मन्त्री ज्ञवालीले संयुक्त बैठकमा भाग लिनुका साथै भारतका उच्चपदस्थ अधिकारीहरुसँग समेत छलफल गर्नुहुनेछ । बैठकमा नेपाली पक्षले दुई देशबीचको सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकतासाथ उठाउने तयारी गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।यस्तै नेपाल–भारत सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि, वैदेशिक लगानी, पूर्वाधार विकास, ऊर्जालगायतका विषयमा पनि बैठकमा छलफल हुने छ । बैठकमा भारतीय प्रतिनिघिमण्डलको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गर्नेछन् ।

सम्बन्धित सामग्री

किन भारत जाँदै छन् परराष्ट्रमन्त्री साउद ?

परराष्ट्रमन्त्री नारायण प्रकाश साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन भोलि बुधबार नयाँदिल्ली प्रस्थान गर्दै छन् ।

‘रायसिना संवाद’मा भाग लिन परराष्ट्रमन्त्री साउद बुधबार भारत जाँदै

परराष्ट्रमन्त्री नारायण प्रकाश साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन भोलि बुधबार नयाँदिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेट गर्नुहुनेछ । रायसिना संवाद एक बहुपक्षीय …

प्रधानमन्त्री देउवा तीन दिनका लागि भारततर्फ (तस्वीरहरू)

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवा  तीन दिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन्। प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १:२५ बजे नयाँदिल्ली प्रस्थान गरेका हुन्।भ्रमण टोलीमा देउवा पत्नी आरजू राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरु, सचिवहरु तथा पदाधिकारीहरु रहेका छन्। भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी करिब ५० जना सहभागी छन्।प्रधानमन्त्री देउवालाई दिल

भाजपाको निम्तोमा डा. महतको नेतृत्वमा कांग्रेसको टोली नयाँदिल्ली प्रस्थान

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताहरूको टोली बिहीवार भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेको छ ।  भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा डा. महत नेतृत्वको टोली बिहीवार त्यसतर्फ लागेको हो । टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशम्शेर राणा छन् । ५ दिनको भ्रमणका क्रममा उनीहरूले भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताहरूका साथै भारतीय विदेशमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । पूर्व परराष्ट्रमन्त्री समेत रहेका सहमहामन्त्री डा. महतको आमन्त्रणामा केही हप्...

परराष्ट्रमन्त्री ज्ञवाली र भारतका रक्षामन्त्री सिंहबीच भेटवार्ता

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ । शनिवार बिहान भएको भेटमा द्विपक्षीय सम्बन्धबारे छलफल भएको जनाइएको छ । भेटपछि मन्त्री सिंहले सामाजिक सञ्जाल ट्विटरमा सन्देश लेख्दै भारत–नेपाल सम्बन्ध सरकारहरूबीच मात्रै सीमित नभई जनस्तरमा समेत रहेको जनाएका छन् । ‘भारत–नेपाल सम्बन्धले असीमित सम्भावना प्रदान गरेको छ,’ उनले लेखेका छन् । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन माघ १ गते नयाँदिल्ली गएको परराष्ट्रमन्त्री ज्ञवाली नेत...

परराष्ट्रमन्त्री ज्ञवाली दिल्लीमा, आज संयुक्त आयोगको बैठक

नेपाल–भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहीबार नयाँदिल्ली पुगेका छन् । बैठक शुक्रबार हैदराबाद हाउसमा बस्ने बस्दै छ ।  भारतीय समकक्षी डा. एस जयशंकरको निमन्त्रणामा तीनदिने भ्रमणमा रहँदा...

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्लीमा

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा आज अपराह्न भारतको नयाँदिल्ली पुगेका छन् ।  उनलाई इन्दिरा गान्धी अन्तरर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली राजदूत नीलाम्वर आचार्य तथा नयाँदिल्लीस्थित नेपाली दूतावासका कर्मचारीले स्वागत गरेका थिए ।मन्त्री ज्ञवालीले भोलि शुक्रबार भारतको राजकीय अतिथिगृह हैदरावाद हाउसमा आफ्ना समकक्षी एस जयशङ्करसँग भेटवार्ता गर्ने तथा सोही भवनमा हुने संयुक्त आयोग बैठकको सहअध्यक्षता गर्नेछन् । यसैब

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नयाँदिल्ली प्रस्थान

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नयाँदिल्ली प्रस्थान गरेका छन् । भारतको राजधानी नयाँदिल्लीमा शुक्रबारदेखि सुरु हुने परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ३ दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली बिहीवार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका हुन् । बैठकमा द्विपक्षीय सम्बन्ध, व्यापार, सीमा, पारवहन, कोभिड विरुद्धको खोप लगायतका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले यसअघि नै जानकारी दिएको थियो । नेपाली प्रतिनिधिमण्डलमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मी अर्याल लगायत सहभागी हुन...

परराष्ट्रमन्त्री ज्ञवाली ३ दिने भ्रमणका लागि पर्सी भारत जाने, यस्ता छन् एजेन्डा

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली ३ दिने भ्रमणका लागि पर्सी भारतको नयाँदिल्ली जाने भएका छन् । नेपाल–भारत संयुक्त आयोगको छैठौं बैठकमा सहभागी हुन मन्त्री ज्ञवाली माघ १ गते अर्थात् १४ जनवरीमा भारत गएर १६ जनवरीमा स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ । मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले संयुक्त आयोगको बैठकमा द्विपक्षीय सम्बन्ध, व्यापार, ऊर्जा, सीमा, कोभिड–१९ सहकार्य, पूर्वाधार, पहुँच, लगानी, कृषि, पर्यटन लगायत विषयमा छलफल हुने जनाइएको छ । मन्त्री ज्ञवाली दिल्लीमा रहँदा उच्चस्तरीय पदाधिकारीसँग भेट...