सम्झौता कार्यान्वयन गर्न प्रमुख प्रतिपक्षी दल एमालेको माग

कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक गुलाबजङ्ग शाहले प्रदेश सरकारले प्रतिपक्षी दलसँगको सम्झौता कार्यान्वयन गर्नुपर्ने बताएका छन् । कर्णाली प्रदेशसभाको नवौँ अधिवेशनको नवौँ बैठकमा  प्रमुख सचेतक शाहले एमालेले प्रदेशसभामा उठाउँदै आएका विभिन्न मागका विषयमा यही माघ १८ गते प्रदेश सरकारले प्रतिपक्षीसँग सातबुँदै सम्झौता गरेको बताए । कर्णाली प्रदेशसभामा रिक्त पाँच सदस्यको निर्वाचन क्षेत्रमा पूर्वाधार विकास कार्यक्रममा गरेको प्रतिबद्धता प्रदेश सरकारले कार्यान्वयन नगरेको उनको आरोप छ । प्रदेशसभामा एमालेक...

सम्बन्धित सामग्री

कर्णाली सरकारले ल्याएको बजेटमा गल्ती भएकै हो ?

गत असार १२ गतेदेखि अवरुद्ध कर्णाली प्रदेश सभा शुक्रबारदेखि सञ्चालनमा आएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गत माघमा आफुसँग गरेको ७ बुँदे सम्झौता कार्यान्वयन नगरेको, सुदूरपश्चिम प्रदेशका योजना बजेटमा समेटेको र समग्रमा बजेटमा असमानता र विभेदका खाडलहरू कायम रहेको भन्दै संसद् अवरुद्ध गरेको थियो । पूर्व सामाजिक विकास मन्त्री समेत रहेका सांसद दल रावलले त आगामी बजेट ‘डोरी चुँडिएको चङ्गा’ जस्तै भएको टिप्पणी गरेका थिए । बीचमा पटक–पटक सर्वदलीय बैठक बसे पनि सहमति हुन सकेको थिएन