राष्ट्रियसभा निर्वाचन : दल दर्ताको लागि आह्वान

काठमाडौँ -राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनको तयारी तीव्र तुल्याइएको छ । निर्वाचन आयोगले आगामी फागुन २० गते रिक्त हुने १९ सदस्य पदका लागि हुने निर्वाचनमा भाग चाहने राजनीतिक दललाई दल दर्ता गर्न आह्वान गरेको छ। निर्वाचन प्रयोजनका लागि आजदेखि पुस १० गतेसम्म आयोगमा निवेदन दिन सकिनेछ। निर्वाचन कार्यक्रमअनुसार १७ पुसमा निर्वाचन अधिकृतको […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन : प्रदेश १ मा नेकपा एसकी राई विजयी

राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा महिलातर्फ जयन्ती राई विजयी भएकी छिन् । नेकपा एकीकृत समाजवादीकी राई चार हजार ६ सय ९२ मत ल्याउँदै विजयी बनेकी हुन् ।निर्वाचन अधिकृत भरत लम्सालका अनुसार एमालेकी सुमित्रा भण्डारीले चार हजार तीन सय ६२ मत ल्याएकी छिन भने राप्रपाकी रन्जु प्याकुरेलले एक सय २० मत प्राप्त गरेकी छिन् । तीन मत भने बदर भएको निर्वाचन अधिकृत लम्सालले बताए ।

राष्ट्रियसभा निर्वाचन : मधेस प्रदेशमा ६ जनाले हालेनन् भोट

जनकपुरधाम । राष्ट्रियसभा निर्वाचनअन्तर्गत आज (बुधबार) भएको मतदानमा मधेस प्रदेशमा ९८ प्रतिशत मत खसेको छ । सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ३७२ मतदातामध्ये ३६६ जनाले मतदान गरेका छन् । राष्ट्रियसभा निर्वाचन मधेस प्रदेशका प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार प्रदेशसभातर्फ १०२ र स्थानीय तहतर्फ २६४ मत खसेको छ । प्रदेशसभा सदस्यतर्फ २ जना […]

राष्ट्रियसभा निर्वाचन : लुम्बिनीमा शान्तिपूर्ण तरिकाले मतदान जारी

राष्ट्रियसभा निर्वाचन अन्तर्गत लुम्बिनीमा शान्तिपूर्ण तरिकाले मतदान  सुरु भएको छ । दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा मतदान जारी छ ।  बिहान ९ बजेदेखि सुरु भएको मतदान कार्य दिउँसो ३ बजेसम्म...

राष्ट्रियसभा निर्वाचन : आज मध्यरातदेखि मौन अवधि सुरु हुने, के–के गर्न पाइँदैन ?

राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि आइतबार राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुने भएको छ । राष्ट्रियसभा निर्वाचन  माघ १२ गते बुधबार हुँदैछ ।  मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन भने मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने छ ।यस्तै एस.एम.एस, फेसवुक, भाईवर जस्ता बिद्युतीय माध्यम प्रयोग गरेर मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।  उम्मेदवार

सुरक्षा समितिको बैठकमा राष्ट्रियसभा निर्वाचन सुरक्षाबारे छलफल

केन्द्रीय सुरक्षा समितिको बैठकमा माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचन र आगामी स्थानीय तहको निर्वाचन सुरक्षाका विषयमा छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र आगामी दिनमा अपनाउनुपर्ने सुरक्षा रणनीतिबारे जानकारी गराएका गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

राष्ट्रिय राष्ट्रियसभा निर्वाचन एमाले विरुद्ध अन्तिम किस्ता : रिजाल

नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले राष्ट्रिय सभा निर्वाचन एमालेविरुद्ध गठबन्धनको अस्त्र भएको टिप्पणी गरेका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा नेता रिजालले राष्ट्रियसभा निर्वाचन नेकपा (एमाले) लाई घेराबन्दी गर्ने अन्तिम किस्ता भएको बताएका हुन् ।उनले अदालत, सभामुख, संवैधानिक आयोग, सरकारलगायतको मिलेमतोमा नेकपा (एमाले) लाई घेराबन्दी गर्नेदेखि विभाजित गर्नेसम्मका सम्पूर्ण अस्त्रहरु अब सकिएको ठोकुवा पनि गरेका छन् । ‘अध्यादेशका भरमा पार्टी विभाजन गर

१९ सिटका लागि राष्ट्रियसभा निर्वाचन माघ १२ मा

काठमाडौँ- राष्ट्रियसभाको रिक्त हुने १९ सिटका लागि माघ १२ गते निर्वाचन गर्ने सरकारले निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले माघ १२ गते राष्ट्रियसभाका रिक्त हुने १९ पदका लागि निर्वाचन गर्ने निर्णय गरेको हो। निर्वाचन आयोगले माघ ७ देखि १० गतेभित्र राष्ट्रियसभा निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको हो। राष्ट्रियसभाका १९ सिट फागुन २० गतेदेखि रिक्त हुँदै छन्।

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा निर्वाचन प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा निर्वाचनको परिणाम समेतको प्रतिवेदन निर्वाचन आयोगले आज पेश गरेको छ । सो कुरा राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधान तथा राष्ट्रियसभा निर्वाचन ऐन २०७५ बमोजिम सम्पन्न यही जेठ ६ गते भएको उपनिर्वाचन (वाग्मती प्रदेश) मा डा. खिमलाल देवकोटा विजयी भएका थिए ।

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा निर्वाचन प्रतिवेदन पेश

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा निर्वाचनको परिणामसमेतको प्रतिवेदन निर्वाचन आयोगले आज पेश गरेको छ । सो कुरा राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधान तथा राष्ट्रियसभा निर्वाचन ऐन २०७५ बमोजिम सम्पन्न यही जेठ ६ गते भएको उपनिर्वाचन९वाग्मती प्रदेश०मा डा खिमलाल देवकोटा विजयी हुनुभएको थियो ।