भारतको तमिलनाडुमा बुधबार एक सैन्य हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टरमा परि सुरक्षा प्रमुख (सीडीएस) बिपिन रावत सहित हेलिकप्टरमा सवार १४ मध्ये १३ जनाको मृत्यु भएको छ ।भारतीय संचार माध्यमहरुका अनुसार दुर्घटनामा परि सुरक्षा प्रमुख (सीडीएस) बिपिन रावत,उनकी श्रीमती मधुलिका रावत, परिवारका सदस्य र हेलिकप्टरमा सवार अन्य ११ जनाको मृत्यु भएको हो । तमिलनाडुको कोइम्बटूर र सुलुरको बीचमा दुर्घटनाग्रस्त भएको जनाइएको छ । उनीहरु निलगिरिमा रहेको सैनिक कलेजमा हुने कार्यक्रमको लागि गईरहेका थिए । उक्त हेलिकप्टर सन् २०१२ देखि भारतीय सेनासँग रहेको जनाइएको छ । दुर्घटनामा बच्न सफल एक जनाको भने उपचार भईरहेको भारतीय एयर फोर्सले उल्लेख गरेको छ । दुर्घटनामा सुरक्षा प्रमुख (सीडीएस)को मृत्यु भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा सुरक्षा परिषदको बैठक बसेको टाइम्स अफ इन्डियाले जनाएको छ ।